ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ ।
वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौपाया भालुको आक्रमणमा परेको जानकारी दिएका छन् । उनका अनुसार स्थानीय भगिमान गुरुङका तीनवटा खसी र नारायणप्रसाद गुरुङका एउटा भेडा र एउटा खसी भालुको आक्रमणमा परेका हुन् । तीमध्ये केही मरेको र केही गम्भिर घाईते भएका छन् ।
वडाध्यक्ष गुरुङले भालुको बिगबिगी बढेको भन्दै जंगलमा घाँस दाउरा गर्दा सर्तक रहन र हिड्डुलमा समेत सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेका छन् । केही समयअघि मात्र पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा समेत भालुको आक्रमणमा परी एक महिला घाइते भएकी थिईन् ।
डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख ललितकुमार यादवले भालुको आतंकबारे अनौपचारिक जानकारी आएको र आफुले त्यसका बारेमा अनुसन्धान थालेको जानकारी दिए । औपचारिक जानकारी लिएर गरिने अनुसन्धान पछि पशु चौपायाको क्षतिका आधारमा थप प्रकृया अघि बढ्ने उनले बताए ।
यादवका अनुसार ताप्लेजुङको यो क्षेत्रमा भेटिने भनेको हिमाली कालो भालु हो । २०७८ सालको फागुन तेस्रो साता एउटा हिमाली कालोभालु ताप्लेजुङ जिल्ला अस्पतालमै प्रवेश गरेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्र्तगत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले त्यहाँबाट उद्धार गरेको थियो भने वन कार्यालयको टोलीले सुरक्षित स्थानमा लगेर छाडेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: