जुम्ला। जुम्लामा दशैँ तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाले सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालन गरेको हो । सहुलियत मूल्य पसलमा चिनीसहित ६ प्ररकारका चामल बिक्री गरिने छ ।
प्रति केजीमा ५ रुपियाँ छुट दिएर बिक्री गरिने छ । सोमबारदेखि सुरु भएको सहुलियत पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख मनोज जोशीले बताए।
उनका अनुसार सहुलियत पसलका लागि कुल ११ सय क्वीन्टल चामल र दुई सय क्वीन्टल चिनी छुट्याइएको छ । जसमा अरुवा मोटा चामल प्रति बोरा २५ किलोको १४ सय २५, एफआर अरुवा मोटा १४ सय २५, अरुवा मध्यम चामल १५ सय, एफआर अरुवा सोना मन्सुली १५ सय, स्टिम जिरा मसिनो चामल २१ सय २५ र एफआर स्टिम जिरा मसिनो चामल २१ सय २५ रुपियाँमा बिक्री हुने उल्लेख गरिएको छ ।
सबै चामल २५ किलोको हुने र प्रतिकेजी पाँच रुपियाँ छुट दिएर बिक्री हुने शाखा प्रमख जोशीको भनाइ छ । सहुलियत पसलबाट उपभोक्ताले प्रति बोरामा एक सय २५ रुपियाँ छुट पाउने छ भने चिनी प्रति केजी एक सय रुपियाँमा बिक्री गरिने छ । बजारको सामान्य चामल पनि दुई हजार २५ सय पर्ने अवस्थामा विपन्न नागरिकलाई मार पर्ने र त्यही रुपियाँले सहुलियत मूल्य पसलबाट चामल लिँदा राहत हुने अपेक्षा गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले हरेक वर्ष जस्तै जुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन भएकालेमा सबै नागरिकलाई सेवा लिन अनुरोध गर्नुभयो । बजारभन्दा चिनी र चामल निकै सस्तो पाइने भएकाले विपन्न नागरिकलाई राहत पुग्ने उहाँको भनाइ छ ।
गत वर्ष एकै दिन डेढ सय क्वीन्टलसम्म सहुलिय मूल्यको चामल बिक्री भएको थियो । साथै चालु आर्थिक वर्षका लागि जुम्लामा कुल ६ हजार क्वीन्टल चामल स्वीकृती भएको छ । आवश्यकता अनुसार चामल ढुवानी भइरहेको खाद्य संस्थानले जनाएको छ ।
हाल खाद्य संस्थानको गोदामा कुल मौज्दात २२ सय क्वीन्टल चामल मौज्दात रहेको छ । त्यसमध्ये ५७।५० क्वीन्टल चामल कारागार, ११ सय क्वीन्टल सहुलियत मूल्य पसल, चार हजार क्वीन्टल कारागारका लागि छुट्याइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: