Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

बैतडीको सरकारी कार्यालयले सुरू गरे पूर्ववत् सेवा

खबरडबली संवाददाता

बैतडी । जेनजी प्रदर्शनका कारण बन्द रहेका बैतडीका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन्।

बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् सञ्चालनमा आएको  जानकारी दिए। ‘जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन्। कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ,’ उनले भने।

कार्यालय सञ्चालन भए पनि सेवाग्राही भने न्यून संख्यामा आउने गरेका प्रजिअ पौडेलले बताए।  उनले भने, ‘जिल्ला प्रशासनलगायत सरकारी कार्यालय खुलेका भए पनि सेवाग्राहीको संख्या भने न्यून छ । माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुन सक्छन्।’

सरकारी कार्यालयमा क्षति भएको विवरण प्राप्त नभएकाले सेवा सञ्चालनमा कुनै बाधा नरहेको प्रजिअ पौडेलले बताउनुभयो । यहाँका स्थानीय तहबाट प्रदान हुने सेवा पनि नियमित भएका छन्। कार्यालय खुलेसँगै सेवा पनि सञ्चालन भएका दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए।

शिवनाथ गाउँपालिकाका पनि सबै सेवा सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। ‘आजदेखि गाउँपालिका कार्यालय खुलेको छ। पालिकाले प्रदान गर्ने सेवा सुरु भएका छन्,’ उनले भने।

जिल्लाको सिगास गाउँपालिकामा प्रदर्शनको असर नपरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। ‘जेनजी आन्दोलनले सिगासमा कुनै असर परेन। गाउँपालिका कार्यालय बन्द गर्नुपर्ने अवस्था आएन। नियमित रूपमा सेवा सञ्चालनमा रह्यो,’ उनले भने।

सरकारी कार्यालयसँगै यहाँका संघसंस्था, विद्यालय पनि सञ्चालनमा आएका छन्। प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले बताए। ‘बन्द विद्यालय खुलेका छन्। नियमित पठनपाठन कार्य चलिरहेको छ। बालबालिकाको उपस्थिति साविककै अनुसार छ,’ उनले भने।

प्रदर्शनकै कारण प्रभावित बनेको जनजीवन सामान्य बनेको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। जिल्लास्थित सरकारी कार्यालय, संघसंस्था, विद्यालय, बजार खुलेका छन्। ‘जेनजीको प्रदर्शन र निषेधाज्ञा र कफ्र्यूका कारण असहज बनेको जनजीवन अब भने सामान्य बनेको छ,’ उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending