Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक यातायातका लागि रुट परमिट खुला

खबरडबली संवाददाता

काठमाडौं । दसैँलाई लक्षित गर्दै घटस्थापनादेखि असोज २२ गतेसम्म देशभर सार्वजनिक यातायातका लागि रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवाला निकायहरूको बैठकले यात्रु आवतजावत सहज बनाउन यस्तो निर्णय गरेको हो ।

बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने र यथासम्भव अनलाइन बुकिङलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनमा प्रभावकारी अनुगमनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने व्यवस्था मिलाइनेछ ।

सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने र टिकट काउन्टरले यात्रुको विवरणसहितको चलानी उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अनधिकृत काउन्टर, परिचयपत्र वा पोसाकविहीन व्यक्तिबाट टिकट बिक्री गर्न नपाइने व्यवस्था पनि लागू हुनेछ ।

खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानीबाहेकका ट्रेलरजस्ता ठूला सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाट–काठमाडौं मार्गमा सञ्चालन गर्न रोक लगाइनेछ ।

यस अवधिमा मादकपदार्थ वा लागुपदार्थ सेवन गर्ने चालकको स्वास्थ्य परीक्षण गरिनेछ । साथै लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नु अघि यान्त्रिक अवस्था जाँच अनिवार्य हुनेछ ।

दसैँ अवधिमा यात्रुको चाप बढ्ने र दुर्घटनाको जोखिम उच्च हुने भएकाले प्रभावकारी अनुगमन र निगरानीको व्यवस्था मिलाइनेछ । काठमाडौं उपत्यकाबाट आवतजावत गर्ने यात्रुको सहजीकरणका लागि १५ स्थानमा सिप्रदी–नाडाको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिने निर्णय भएको छ ।

अनुगमन कार्यका लागि यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरू सम्मिलित टोली गठन गर्नेछ, जसमा प्रदेशस्तरीय यातायात सम्बन्धित मन्त्रालयको सहयोग रहनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending