Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

शंका नगरी सकारात्मक सोचका साथ निर्वाचनको तयारीमा जुट्न गृहमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताएको छन् । 

मन्त्री पद सम्हालेपछि चौथो दिन कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा आयोगका पदाधिकारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गहृमन्त्री अर्यालले भने, ‘‘निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ, नत्र फेरि अर्को विद्रोह जन्मन सक्छ, त्यसैले फागुन २१ को निर्वाचन सरकारको अर्जुनदृष्टिमा छ । निर्वाचन हुँदैन कि भन्नेमा शंका नगर्न र समयमै हुन्छ भन्ने सकारात्मक सोचका साथ तयारीमा जुट्न आग्रह छ ।’’ 

मन्त्री अर्यालले पाँच वर्षका लागि निर्वाचित भएर आएका जनप्रतिनिधि र निर्वाचित सरकार युवाहरूको आन्दोलनबाट विस्थापित भएको चर्चा गर्दै सबै राजनीतिक दल र सरोकारवालाहरूलाई निर्वाचनको तयारीमा जुट्न आह्वान पनि गरे। 

मन्त्री अर्यालले भने ‘‘विद्रोहपछिको ऐतिहासिक निर्वाचन हो, यस निर्वाचनबाट जेनजी समूहलाई राजनीतिको मूल प्रवाहमा आउने वातावरण सिर्जना गर्नु छ, उहाँहरूको सहभागिताले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने छ, स्थापित दलहरू र विद्रोहबाट आएको नयाँ पुस्तालाई मान्य हुने निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ ।’’ 

शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अवसर कसरी दिलाउन सकिन्छ र अन्तर्राष्ट्रिय समुदायले पनि मान्य हुने गरी स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार दृढ छ भन्दै मन्त्री अर्यालले निर्वाचनका लागि आवश्यक पर्ने भौतिक, कानुनी संरचना तयार गरेर जान सरकार तयार रहेको बताए। उनले त्यसका लागि सरकारले अध्यादेश ल्याएर भए पनि अगाडि बढ्ने जानकारी दिए। 

निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गृहमन्त्रीको स्वागत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने घोषणा गरेसँगै आयोग निर्वाचनको तयारीमा जुटेको बताए।  

आयोग तोकिएको समयमै निर्वाचन गराउन दृढ छ, नयाँ मतदाता थप्न कानुनी अड्चन छ, विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन कानूनी, प्रविधि, स्रोत साधनको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उनले सबै पक्षलाई समेटेर तयार गरेको निर्वाचन विधेयक दुई वर्षदेखि मन्त्रालयमा थन्किएर बसेको जानकारी दिए। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘‘सबै दललाई निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्न आयोग दृढ छ, स्रोत साधनको कमी हुन सक्छ, भौतिक पूर्वाधारहरू जलेको अवस्था छन्, नयाँ मतदाता संकलन गर्नका लागि तत्काल कानुनी व्यवस्था सरकारले गर्नुपर्छ ।’’ 

उनले २०८२ फागुन २० गते राष्ट्रिय सभाको निर्वाचन गराउनु पर्ने जिम्मेवारी आयोगसँग रहेकाले पनि निर्वाचनको तयारीमा कुनै ढिलाइ कुनै पक्षबाट हुनुहुँदैन भने। 

निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमलाई सकारात्मक पहल गरिदिन पनि उनले पटक पटक आग्रह गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दियो : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...

बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए

नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर...

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending