काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज, र राष्ट्रपतिलाई पदबाट हटाउने प्रयास भएको कुरा बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
“इतिहास, घटनाक्रम, र संयोगले मलाई यो प्रक्रियामा सहजीकरण गर्ने अवसर प्राप्त भएको छ,” प्रचण्डले भने, “संसद् विघटन मात्र होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने कसरतहरू भएको मैले नजिकबाट देखेको र बुझेको छु ।”
वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै उनले राष्ट्रपति र प्रधानसेनापतिको भूमिकाको प्रशंसा गरे । “मैले राष्ट्रपतिमाथि आएको अप्ठ्यारो अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएँ । उहाँले संविधानको पक्षमा अडान राख्नुभयो,” प्रचण्डले भने । उनले थपे, “नेपाली सेनाको प्रधानसेनापतिको भूमिकाको पनि म प्रशंसा गर्छु । संविधान जोगाउन राष्ट्रपति र प्रधानसेनापतिको भूमिका सकारात्मक थियो ।”
प्रचण्डले संविधानको रक्षामा आफ्नो भूमिकाबारे पनि उल्लेख गरे । “संविधान जोगाउन अप्ठ्यारो अवस्थामा मैले सहजीकरण गर्ने अवसर प्राप्त गरेँ,” उनले भने । प्रचण्डले आफ्नो पार्टीले गल्ती र कमजोरी स्वीकार्दै जनतासँगको सम्बन्ध सुधार गर्न अभियान सञ्चालन गरेको बताए । उनले भने, “हामीले सदन र सडकबाट खबरदारी गरेका थियौँ, तर त्यसलाई नबुझ्दा विद्रोहको अवस्था आयो । हाम्रो पार्टीले कमजोरी स्वीकारेर जनतामाझ गएर सुधारको प्रयास गरेको छ ।”
अहिले सबैलाई एउटै डालोमा राख्नु गलत
उनले भने, “हामीले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थाका लागि प्रयास गरेका थियौँ, तर नेपाली काँग्रेस र एमालेले मानेनन् । हाम्रै पहलमा संविधान बनेको हो, तर सम्झौता गरेर जारी गर्नुपरेको थियो ।” उनले संविधान अपूरो भएको कारणले नै हाल ‘जेनजी विद्रोह’ जस्ता आन्दोलनहरू देखिएको बताए ।
प्रचण्डले संविधान संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै भने, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विभिन्न जातजाति, वर्ग र समुदायका मुद्दालाई सम्बोधन गर्न संविधान संशोधन जरुरी छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ । हामीले यो भन्दा राम्रो संविधान बनाउन सकिन्छ भन्ने भिन्न मत राखेका छौँ, र ती मुद्दा अहिले जीवन्त रूपमा आएका छन् ।”
उनले संविधान निर्माणका क्रममा आफूले धेरै दबाब र धम्की खेपेको स्मरण गरे । “एकथरी मानिस र आन्तरिक-बाह्य शक्तिहरूले संविधान बन्न नदिने प्रयास गरेका थिए । मैले नै कसैको दबाबमा नझुक्किकन संविधान बनाउने अडान लिएको हुँ,” उनले भने ।
वर्तमान ‘जेनजी विद्रोह’ र जनयुद्धको चर्चा गर्दै प्रचण्डले भने, “जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थियो । अहिले जनयुद्धको नेतृत्व, संविधानको नेतृत्व र सुशासनको नेतृत्वलाई भ्रष्टाचारी भन्नु इतिहास र जनताप्रतिको विश्वासघात हो ।” उनले दुई ठूला पार्टीहरूको अहंकार र गलत नीतिका कारण यस्तो अवस्था आएको आरोप लगाए ।
उनले भने, “अहिले सबैलाई एउटै डालोमा हालेर पुर्ने प्रयास गरिएको छ, यो सही होइन । यो इतिहास र त्यो इतिहास एउटै होइन ।” उनले इतिहासका विभिन्न घटनालाई एकै रूपमा प्रस्तुत गर्नु गलत भएको बताए । पार्टीभित्र चलिरहेको नेतृत्व हस्तान्तरणको बहसबारे बोल्दै प्रचण्डले भने, “हाम्रो पार्टीमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भइरहेको छ । यो विषय विधि र प्रक्रियाबाटै अगाडि बढ्छ ।”
वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै उनले राष्ट्रपति र प्रधानसेनापतिको भूमिकाको प्रशंसा गरे । “मैले राष्ट्रपतिमाथि आएको अप्ठ्यारो अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएँ । उहाँले संविधानको पक्षमा अडान राख्नुभयो,” प्रचण्डले भने । उनले थपे, “नेपाली सेनाको प्रधानसेनापतिको भूमिकाको पनि म प्रशंसा गर्छु । संविधान जोगाउन राष्ट्रपति र प्रधानसेनापतिको भूमिका सकारात्मक थियो ।”
प्रचण्डले संविधानको रक्षामा आफ्नो भूमिकाबारे पनि उल्लेख गर्नुभयो । “संविधान जोगाउन अप्ठ्यारो अवस्थामा मैले सहजीकरण गर्ने अवसर प्राप्त गरेँ,” उनले भने । प्रचण्डले आफ्नो पार्टीले गल्ती र कमजोरी स्वीकार्दै जनतासँगको सम्बन्ध सुधार गर्न अभियान सञ्चालन गरेको बताए ।
प्रतिकृया लेख्नुहोस्: