जेनेभा । सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । यस युद्धमा सर्वसाधारणमाथि अत्यधिक प्रभाव परेको छ, जसमा हजारौंको ज्यान गइसकेको छ भने जातीय हिंसा र युद्ध अपराधहरू बढिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले उक्त प्रतिवेदन सार्वजनिक गर्दै भने,“सुडानको द्वन्द्व अहिले विश्वको नजरबाट ओझेलमा परेको छ । आशा छ, यो प्रतिवेदनले उक्त भयावह परिस्थितिमा फेरि ध्यान आकर्षित गर्नेछ, जहाँ युद्ध अपराधसहितका क्रूरताहरू भइरहेका छन् ।”
अप्रिल सन् २०२३ देखि सुडानमा नियमित सेना र अर्धसैनिक बल रेपिड सपोर्ट फोर्स (आरएसएफ) बीच सशस्त्र संघर्ष जारी छ । यो द्वन्द्वले हालसम्म दशौं हजारको ज्यान लिइसकेको छ र लाखौंलाई विस्थापित पारेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वकै सबैभन्दा भयावह मानवीय संकटमध्ये एक भनेको छ ।
हाल युद्धले देशलाई दुई भागमा विभाजित गरिदिएको छ । सरकारी सेनाले उत्तर, पूर्व र मध्य भूभाग नियन्त्रणमा राखेको छ भने आरएसएफले दक्षिण र पश्चिम दार्फुर क्षेत्र कब्जामा लिएको छ । दुबै पक्षबीच युद्धविरामका लागि गरिएका कूटनीतिक प्रयासहरू अहिलेसम्म असफल भएका छन् ।
प्रतिवेदन अनुसार,सन् २०२५ को पहिलो ६ महिनामा मात्र तीन हजार ३८४ जना सर्वसाधारणको मृत्यु भएको छ, जुन सन् २०२४ को कुल मृत्यु सङ्ख्याको ८० प्रतिशत हो । यसले द्वन्द्व झनै क्रूर बन्दै गएको संकेत गर्दछ ।
त्यसैगरी, यौनजन्य हिंसा, अन्धाधुन्ध आक्रमण र जातीय आधारमा प्रतिशोधी हमला भइरहेका घटनाहरू निरन्तर जारी छन् । प्रतिवेदनमा नयाँ प्रवृत्तिका रूपमा ड्रोन आक्रमणसमेत देखिएको उल्लेख छ, जसले उत्तर र पूर्वजस्ता हालसम्म सुरक्षित मानिएका क्षेत्रहरूलाई पनि असर पार्न थालेको छ ।
मानव अधिकार प्रमुख टर्कले चेतावनी दिँदै भने,“जातीय विभाजनमा आधारित द्वन्द्वले देशको दीर्घकालीन स्थिरता र सामाजिक एकतामा गम्भीर संकट ल्याउनेछ ।” साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई तुरुन्त हस्तक्षेप गरी द्वन्द्व अन्त्य गराउन आग्रह गरे । “यदि तत्काल नागरिकको सुरक्षा र मानवीय सहायता पहुँच सुनिश्चित गरिएन भने, अझ धेरै निर्दोष मानिसले ज्यान गुमाउनेछन्,” टर्कले भने । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: