Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

तातोपानी नाका नखुल्दा दसैँका सामान बाटोमै रोकियाे

खबरडबली संवाददाता

काभ्रे  । दशैं नजिकिँदै गर्दा चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका अवरुद्ध भएका छन् । यी नाकाबाट दशैंका लागि नेपाल ल्याइने सामानहरू चीनमै अड्किएका छन्, जसले व्यवसायी र स्थानीयवासीलाई समस्यामा पारेको छ ।

गत २४ असारमा रसुवागढी नजिकै ल्हेन्दे खोलामा आएको बाढीले यो नाका पूर्ण रूपमा बन्द छ । यस्तै, अरनिको राजमार्गमा विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका गत ७ साउनदेखि अवरुद्ध छ । भोटेकोशी गाउँपालिकाको डाक्लाङदेखि लिपिङ सडकखण्डमा लेदोसहितको पहिरोले करिब १,५०० कन्टेनरहरू चीन र राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका छन् ।

सडक भासिनुको कारण र अवस्था अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रमा झन्डै ५०० मिटर सडक भासिएको छ । सडक विभागको टोलीले गरेको अनुगमनअनुसार इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्षका अनुसार तल भोटेकोशी नदीको कटान र माथिबाट निरन्तर खस्ने लेदो–ढुंगासहितको पहिरो मुख्य कारण हुन् ।

“सडक बनाए पनि वर्षात्सँगै माथिबाट आएको लेदोसहितको पहिरोले बगाइदिन्छ,” वडाध्यक्षले भने, “दिउँसो मर्मत गरे पनि राति पानी पर्दा सडक बग्ने समस्या छ । दीर्घकालीन समाधान आवश्यक छ ।” इको पहिरोमा गत ५ भदौमा एकतर्फी सञ्चालनमा आएको सडक तीन दिनमै पुनः अवरुद्ध भएको छ ।

सडक खुलाउन प्रयास सडक अवरुद्ध हुँदा स्थानीय र व्यवसायी मर्कामा परेपछि भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा स्थानीयहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेका थिए । मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग दुई दिनभित्र खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् ।

निर्देशनपछि सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोलीले अवरुद्ध सडकको स्थलगत अनुगमन गरेको छ । महानिर्देशक जैसीले एक हप्ताभित्र एकतर्फी सडक सञ्चालनमा ल्याउने र कात्तिक मसान्तसम्म दीर्घकालीन मर्मत गर्ने योजना रहेको बताए । “भोटेकोशीको कटान र माथिबाट खस्ने लेदो–पहिरोले सडक खुलाउन कठिनाइ भएको छ,” उनले भने, “अल्पकालीन रूपमा तत्काल सडक खोल्ने र दीर्घकालीन निर्माणको काम अघि बढाउँछौं ।”

बस्ती जोखिममा भोटेकोशी गाउँपालिकाका गुम्बाडाँडा, मिलन बजार, लालवीर चोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार र तामाङ गुम्बा गाउँ पहिरोको उच्च जोखिममा छन् । इको पहिरोका कारण चौकीडाँडा, गुम्बाडाँडा र कोदारी गुम्बा क्षेत्रका १०० घरधुरी जोखिममा परेका छन् ।

स्थानीयहरूले बस्ती जोगाएर बलियो सडक निर्माण गर्न माग गरेका छन् । सुरुमा बस्ती जोखिममा पर्ने डरले सडक निर्माणमा असहमति जनाए पनि सरोकारवालाहरूसँगको छलफलपछि अस्थायी रूपमा एकतर्फी सडक सञ्चालन गर्ने सहमति भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: