Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अन्तरिक्ष अनुसन्धानमा अमेरिकी प्रविधिको नयाँ चरण : पुनः आपूर्ति यानले सामग्री पुर्यायो

खबरडबली संवाददाता

अमेरिका । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थरप ग्रुम्यान’ले विकसित गरेको आपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा सफलतापूर्वक जोडिएको छ । 

यसले आईएसएसमा आवश्यक पर्ने महत्वपूर्ण वैज्ञानिक उपकरण र अन्य सामाग्रीहरू पुर्याएको छ, जसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका कार्यलाई सहज बनाउन ठूलो सहयोग गर्ने छ । ‘सिग्नस एक्सएल’ अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी नर्थरप ग्रुम्यानद्वारा विकसित उन्नत पुनःआपूर्ति यान हो, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा वैज्ञानिक उपकरण, खाद्यान्न र अन्य आवश्यक सामग्री पुर्याउन प्रयोग गरिन्छ । 

यो यान विशेष गरी ठूलो क्षमताको कार्गो बोकेर अन्तरिक्ष स्टेशनमा आपूर्ति गर्ने उद्देश्यले तयार गरिएको हो र यसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका गतिविधिलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्द छ । यसमा नवीनतम प्रविधि समावेश छन्, जसले यसको विश्वसनीयता र कार्यक्षमता सुनिश्चित गर्दछ ।

सिग्नस एक्सएल यान आइतबार अमेरिकी फ्लोरिडास्थित केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट स्पेसएक्सको फाल्कन नौ रकेटमार्फत प्रक्षेपण गरिएको थियो । यो मिशन नर्थरप ग्रुम्यानको कमर्शियल रिसप्लाइ सर्भिसेस २३ अन्तर्गत संचालन गरिएको हो, जसले करिब ११ हजार पाउन्ड (लगभग पाँच हजार किलोग्राम) वैज्ञानिक उपकरण, अनुसन्धान सामग्री र दैनिक प्रयोगका वस्तुहरू आईएसएसमा पुर्याउने लक्ष्य राखेको थियो ।

प्रारम्भमा सिग्नस एक्सएल यान बुधबार आईएसएसमा पुग्ने योजना बनाइएको थियो, तर मुख्य इन्जिनमा देखिएको प्राविधिक समस्याका कारण यो योजना एक दिन ढिलो हुँदै बिहीबार आईएसएसमा पुग्न सफल भयो । बिहान ७ बजेर २४ मिनेट (स्थानिय समय अनुसार) अन्तरिक्ष स्टेशनका अन्तरिक्षयात्रीहरुले रोबोटिक हातको मद्दतले यानलाई समाते । त्यसपछि केही घण्टाको प्रक्रियापछि, बिहान १० बजेर १० मिनेटमा यसलाई सफलतापूर्वक अन्तरिक्ष स्टेशनसँग जोडिएको नासाले पुष्टि गर्यो ।

यो यानले पुर्याएका सामग्रीहरु अन्तरिक्षमा भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । यसले अन्तरिक्ष स्टेशनमा रहेका वैज्ञानिकलाई उनीहरुको अनुसन्धानलाई निरन्तरता दिन र अन्तरिक्षका थप रहस्यमय पक्षबारे नयाँ ज्ञान हासिल गर्न सहयोग गर्ने छ ।

नर्थरप ग्रुम्यान र नासाबीचको यो साझेदारी अन्तरिक्ष अनुसन्धान र अन्तरिक्षयान आपूर्ति प्रणालीमा नयाँ सफलताको रूपमा लिइएको छ, जसले अन्तरिक्ष अन्वेषणलाई अझ प्रभावकारी र दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending