काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने उपाय नभएपछि आम सहमतिले संकटको निकास दिएको उल्लेख गर्दै आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस)–२०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक दल, प्रशासन, बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्व छोडी पूर्वाग्रह रहित रूपमा सहकार्य र समन्वयका साथ निर्वाचन सफल बनाउन आग्रह गरे । राष्ट्रपति पौडेलले भने, “संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता प्रदान गरेको छ । सबै जात, धर्म र सम्प्रदायलाई समान हक दिएको छ । यसको रक्षा गर्दै समन्वयमा अघि बढ्न आवश्यक छ । यो हामीले प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो ।”
उनले लोकतन्त्र हरेक पुस्ताको सहभागिताले बलियो बन्ने विश्वास व्यक्त गर्दै १७ वर्षको उमेरमै २०१७ सालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न भएको स्मरण गरे । “परिस्थितिले मलाई भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने जिम्मेवारीमा ल्याएको हो,” उनले भने, “सबैको सुझबुझ र सहकार्यले हामीले असहज परिस्थितिलाई सम्हालेका छौँ ।”
राष्ट्रपति पौडेलले लोकतन्त्र, सुशासन र नागरिक केन्द्रित शासनमा प्रतिबद्ध रहने अठोट व्यक्त गर्दै राजनीति र राज्य सञ्चालनलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको दायराभित्र राख्ने संकल्प गर्न सबैलाई आग्रह गरे ।
उनले राजनीतिक दल, सरकार, राज्यका निकाय र नागरिक सबै मिलेर संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाएर नेपाली जनताले देखेका सपना साकार गर्न आग्रह गर्दै मित्र राष्ट्रहरूको निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरे ।
दुई दिनको विरोध प्रदर्शनमा अकल्पनीय जनधनको क्षति भएको उल्लेख गर्दै उनले जीवन गुमाउने युवाका परिवारप्रति समवेदना व्यक्त गरे । “राष्ट्रको अभिभावकका रूपमा म ती युवाको अभावले मुलुकले भोगेको क्षति अनुभव गर्छु,” उनले भने ।
राष्ट्रपति पौडेलले नेपालको संस्कृति, प्रकृति र भौगोलिक विविधतामा असीम सम्भावना रहेको बताउँदै संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न समान पहुँच, सामाजिक सुरक्षा र समावेशी विकासलाई प्राथमिकता दिनु जरुरी रहेको औंल्याए ।
जेन्जी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिको अन्त्यको माग सबैले आत्मसात् गर्नुपर्ने बताउँदै उनले सुशासन, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै अघि बढ्न आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: