Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

हमासद्वारा सार्वजनिक बन्धकहरूको ‘बिदाइ तस्बिर’मा नेपाली विपिन जोशी पनि

खबरडबली संवाददाता

गाजा । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रलाई घेरी ध्वस्त पार्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । उक्त तस्बिरमा नेपालका विपिन जोशीको फोटो पनि समावेश गरिएको छ ।

संकलित तस्बिरमा जीवित र मृतक सबै बन्धकको अनुहार देखाइएको छ । तस्बिरको क्याप्सनमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदलाई संकेत गर्दै ‘रोन अरद’ उल्लेख गरिएको छ । अरदको एफ–४ फ्यान्टम विमान दक्षिणी लेबनानमा आक्रमणका क्रममा बम विस्फोट हुँदा खसेको थियो । उनलाई अमल आन्दोलनले पक्राउ गरी पछि हिजबुल्लाहलाई सुम्पिएको बताइन्छ । उनको मृत्यु भएको मानिए पनि ठोस प्रमाण उपलब्ध छैन ।

हमासले तस्बिरसँगै जारी गरेको सन्देशमा भनिएको छ, “नेतन्याहूको इन्कार र जामरको आत्मसमर्पणका कारण, गाजा शहरमा सैन्य कारबाही सुरु भएपछि यो बिदाइ तस्बिर हो ।” यो सन्देश इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्ध अन्त्यका लागि सम्झौता अस्वीकार गर्दै आएका र इजरायली सेना प्रमुख अयाल जामरले सरकारको ‘विजय योजना’प्रति सार्वजनिक आपत्ति जनाए पनि भूमि तथा हवाई आक्रमण जारी राखिएको प्रसङ्गसँग जोडिएको छ ।

इजरायली अधिकारीका अनुसार करिब २० बन्धक गाजामा अझै जीवित रहेको अनुमान छ । तर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितको संख्या २० भन्दा कम हुन सक्ने बताएका छन् । नेतन्याहूले सबै जीवित वा मृत बन्धकलाई फिर्ता ल्याउने र हमासलाई ‘नष्ट गर्ने’ प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन् ।

हमासले भने इजरायली आक्रमण तीव्र भएपछि बन्धकको जीवन जोखिममा रहेको चेतावनी दिँदै आएको छ । समूहका अनुसार केही बन्धक इजरायली बमबारीमा मारिइसकेका छन् र बाँकी गाजा शहरका विभिन्न भागमा छरिएका छन् ।

शनिबारको यो धम्की इजरायलका लाखौँ नागरिक तेल अभिभलगायत सहरको सडकमा उत्रिएर युद्ध अन्त्य र सबै बन्धकको सुरक्षित फिर्तीको माग गर्ने तयारी भइरहेका बेला आएको हो । यसअघि हमासले कुपोषित दुई इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको थियो, जसमा एक बन्धकलाई आफ्नो चिहान खन्दै गरेको देखाइएको थियो । यी दृश्यहरूले बन्धकका परिवारसँगै इजरायली सरकार र उसका सहयोगी राष्ट्रहरूमा तीव्र आक्रोश पैदा गरेको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा इजरायली आक्रमणबाट कम्तीमा ६५ हजार २०८ प्यालेस्टिनी मारिएका छन् र १ लाख ६६ हजार २७१ जना घाइते भएका छन् । गत मार्च १८ मा युद्धविराम भंग भएयता मात्रै १२ हजार ६५३ को मृत्यु र ५४ हजार २३० घाइते भएको मन्त्रालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: