Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

रौतहटमा ३ दलित युवामाथि अनुसन्धानबिनै कर्तव्यज्यान मुद्दा लगाएको आरोप

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभङ र उनकी श्रीमती पुकारी देवी सरभङले आफ्ना तीन छोरामाथि अनुसन्धान नगरी कर्तव्यज्यान मुद्दा लगाइएको गम्भीर आरोप लगाएका छन् । उनीहरूले प्रहरी र स्थानीय राजनीतिक चलखेलको मिलेमतोमा निर्दोष परिवारलाई फसाइएको दाबी गरेका छन् ।

शनिबार गौरमा आयोजित पत्रकार सम्मेलनमा पुकारी देवीले इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले घटनाको मुख्य दोषीलाई जोगाएर आफ्ना छोरामाथि मुद्दा दर्ता गरेको आरोप लगाइन् । “अनुसन्धान नगरी मुद्दा चलाएर हाम्रो परिवारमाथि ठूलो अन्याय गरिएको छ,” वडा सदस्य समेत रहेकी पुकारीले भनिन् ।

गत साउन १ गते कटहरिया–४ का संजय यादव र विजय यादवले स्थानीय २५ वर्षीय नसिब बैठालाई मोबाइल चोरीको आरोपमा कुटपिट गरेका थिए । कुटपिटकै क्रममा बैठाले छिमेकी २८ वर्षीय गर्भु दास सरभङ र ३० वर्षीय दिपलाल यादवले आफूलाई मोबाइल ल्याउन पठाएको बताएका थिए ।

भोलिपल्ट संजय र विजयले नसिब र गर्भु दासविरुद्ध इलाका प्रहरी कार्यालय कटहरियामा उजुरी दिए । प्रहरीको मध्यस्थतामा भएको छलफलमा चोरीको आरोप पुष्टि नभएपछि दुवैलाई छाडिएको थियो। पछि चोरी भएको मोबाइल संजय–विजयकै घरमा फेला परेको थियो । यसपछि नसिबका पिता बुटाई बैठाको निधन भयो । क्रियाकर्मका क्रममा नसिबले मदिरा र लागुपदार्थ सेवन नगर्दा स्वास्थ्य बिग्रँदै गयो । कटहरिया र गौर हुँदै वीरगञ्जसम्म उपचार गरिए पनि भदौ ११ गते उनको मृत्यु भयो ।

पीडित परिवारका अनुसार मृत्यु प्राकृतिक कारणले भए पनि भदौ १० गते गर्भु दासलाई नियन्त्रणमा लिएर भोलिपल्टै उनको मृत्युको दोष गर्भुमाथि थोपरेको हो । त्यसपछि प्रभु दास र शम्भु दासमाथि समेत कर्तव्यज्यान मुद्दा दर्ता गरिएको छ ।

“मोबाइल चोरीमा संलग्नलाई उम्काएर मेरो तीन निर्दोष छोरामाथि किटानी जाहेरी दिइयो,” पुकारीले पत्रकार सम्मेलनमा भनिन्, “दलित परिवारलाई उठिबास गराउने नियतले मुद्दा चलाइएको छ । हामीलाई न्याय दिलाइदिनुहोस् ।” स्थानीय शंकर साह कलवार, राजकुमार यादव, छोटेलाल साहलगायतले पनि गरुडा प्रहरीले निर्दोष परिवारमाथि ज्यादती गरेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले भने सबै आरोप अस्वीकार गरेका छन्। उनका अनुसार मृतक नसिब बैठाकी आमा सुनैना देवीले भदौ १५ गते पाँच जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गर्न निवेदन दिएकी थिइन्।

कार्कीले भने, “मुद्दा दर्ता भइसकेको छ। दोषी वा निर्दोष हुनु अदालतले तय गर्छ। अनुसन्धान भइरहेको छ, निर्दोष भए अदालतबाटै छुट्छन् । मेरो कसैप्रति पूर्वाग्रह छैन ।” 
प्रहरीका अनुसार मुद्दा शिवनाथ यादवका छोराहरू सञ्जय यादव, विजय यादव तथा रामचन्द्र दास सरभङका छोराहरू गर्भु, प्रभु र शम्भु दास सरभङ विरुद्ध दायर गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: