Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

भोजपुरको टेम्केमैयुङमा पुग्यो केन्द्रीय प्रशारणको बिजुली

खबरडबली संवाददाता

भोजपुर । भौगोलिक विकटता रहेको भाेजपुरको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ। यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो। 

स्थानीय बासिन्दाले विद्युत्को प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन्। गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत् विस्तार भएपछि सहज भएको छ। जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ।

विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ–४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले बताए।  ‘स्थानीय सरकार सञ्चालनमा आएपछि हाम्रो गाउँमा बिजुली बल्यो ’, उनले भने,  ‘भौगोलिक रूपमा विकट रहे पनि सुविधा विस्तार हुँदा जीवनयापन गर्न सहज छ। अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ। ’

विद्युत् विस्तार भएपछि यस क्षेत्रका नागरिक सूचना तथा सञ्चारको पहुँचमा जोडिएका स्थानीयवासी बलिराज राईले बताए । विद्युतीय उपकरणको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएको राईको भनाइ छ।  ‘हाम्रोजस्तो दुर्गम गाउँमा बिजुली बल्दा निकै हर्षित छौँ ’, उनले भने,  ‘अहिले गाउँमा नै इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । सूचनाको पहुँचमा जोडिन सहज भएको छ। गाउँ नै उज्यालो बनेको छ । बालबच्चाले उज्यालोमा सहज रूपमा पढ्न पाएका छन्। ’

यहाँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य गाउँमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने उनले बताए। एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युत्को पहुँचमा छन्। यहाँका नौवटै वडामा विद्युत् सेवा विस्तार भइसकेको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending