काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। यसअन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारमा समावेश गर्न लागिएको हो।
प्रधानमन्त्री कार्की र पुनबीचको छलफलपछि उनी मन्त्री बन्न सहमत भएका छन्। उनलाई विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिइने तयारी भइरहेको छ।
यद्यपि, हाल शिक्षा मन्त्रालय पनि सोही मन्त्रालयसँग गाभिएको भएकाले उनलाई शिक्षा मन्त्रालयसहितको जिम्मेवारी दिइने हो कि विज्ञान प्रविधिसम्म मात्र सीमित गरिने भन्ने स्पष्ट भइसकेको छैन।
महावीर पुन नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने अभिनव प्रयासका लागि चर्चित छन्। यस योगदानकै आधारमा उनले प्रतिष्ठित रोमन म्यागसेसे पुरस्कार प्राप्त गरेका थिए।
यसैबीच, मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व गर्ने गरी थप एक मन्त्री नियुक्त गर्ने तयारी समेत भइरहेको छ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् सक्रिय छ। मन्त्रिपरिषद् विस्तारको गृहकार्य जारी रहेको छ, जसमा विशेषगरी गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्याल सक्रिय देखिएका छन्।
प्रधानमन्त्री कार्की गत भदौ २७ गते जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री बनेकी थिइन्। उनले हालै तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न गरेकी हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: