Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

‘जेनजी शहीद’को सम्मानमा सुसेलाको सांगीतिक नमन

खबरडबली संवाददाता

काठमाडौँ । “संगीत प्रतिरोध हो, कविता प्रतिरोध हो, कला प्रतिरोध हो” भन्ने विश्वासलाई मूर्त रुप दिँदै सुसेला काव्यशालाले जेनजी आन्दोलनमा प्राण गुमाएका शहीदहरूको सम्झनामा विशेष कार्यक्रम आयोजना गर्यो ।

गत भदौ २३ र २४ गतेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै, सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खलालाई ‘जेनजी शहीद स्मृति विशेष’ का रुपमा समर्पण गर्‍यो ।

शनिबार माइतीघरमा भएको कार्यक्रममा सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, बिराज ढुङ्गाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल र अभिषेक शर्माले एकपछि अर्को गीत प्रस्तुत गर्दै उपस्थितलाई उद्वेलित बनाए ।

भूपी शेरचनको कविता–गीत शहीदको स्मरणमा सुनाइयो, जसले पुरानो क्रान्तिको रगत र पसिनाको सम्झना दिलायो ।

पिट सिगरको ‘We Shall Overcome’ नेपाली भाषामा प्रस्तुत गर्दा दर्शक स्वतः स्वर मिलाउन थाले । देवव्रतको ‘त्यो पुलिस–प्रशासन, त्यो न्यायालय’ ले आन्दोलनमा राज्यको क्रुरता उजागर गर्‍यो ।

विनोदविक्रम केसीको ‘त्यो जुत्ता साथीको’ ले युवाशक्ति र विद्रोही आत्माको उदयलाई स्वर दियो ।  यी गीतहरू श्रद्धाञ्जली मात्र थिएनन्, प्रतिरोध र भविष्यप्रतिको प्रतिबद्धताको उद्घोष पनि थिए ।

भदौ २३ गते भ्रष्टाचारविरुद्धको आन्दोलनमा प्रहरी गोली लागेर १९ जना युवाहरू शहीद भए । अधिकांशको छाती र टाउकोमा ताकी–ताकी गोली प्रहार गरिएको प्रत्यक्षदर्शीहरूले बताए ।

भोलिपल्ट, भदौ २४ गते, लाखौँ युवाहरू सडकमा ओर्लिए । त्यो दिन नेपालमा नयाँ राजनीतिक अध्याय सुरु भएको इतिहासले दर्ज गरिसकेको छ । अहिलेसम्म यो आन्दोलनमा ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

सुसेलाले शहीदहरूको सपना अधुरो नराख्न सरकारसँग आग्रह गरेको छ । “शहीदहरूले देखेको स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त समाजको निर्माण अब ढिला नगरी गर्नुपर्छ,” कार्यक्रममा कलाकारहरूले संयुक्त घोषणा गरे ।

गीत, कविता र सांगीतिक प्रस्तुति मार्फत सुसेलाले एउटा सन्देश दियो— शहीदको सपना अझै जिउँदो छ, र त्यो सपना पुरा नहुँदासम्म प्रतिरोधको स्वर बन्द हुँदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

कांग्रेस संकटमा नयाँ मोड: प्रतिनिधिसभा टिकटमा अर्कैको हस्ताक्षर गर्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति ...

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन...

सिन्धुलीको ध्याङलेखबाट बैंक लुट्ने चार जना पक्राउ

काठमाडौं । सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई ...

काठमाडौंको तापक्रम २.३ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घट्ने क्रममा छ । तापक्रम घट्दै जाँदा चिसो बढिरहेको छ ।  काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending