काठमाडौँ । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफ्नो बलिदानलाई राजनीतिक स्वार्थमा प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले आफूहरूले कुनै दललाई सत्तामा पुर्याउन नभई समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि रगत बगाएको स्पष्ट पारेका छन् ।
शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते तथा सहिद परिवारका प्रतिनिधिहरूले सरकारको उदासीनता र निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै तत्कालीन माग पूरा गर्न आग्रह गरे ।
कुर्सीका लागि होइन, परिवर्तनकाे लडाइँ
अछामका घाइते आदित्य रावलले आफूहरूलाई कसैको कुर्सीको राजनीति महँगो पारेकोमा चिन्ता व्यक्त गरे । “हामीले आन्दोलन सत्ता हस्तान्तरणका लागि होइन, यो समाजलाई सफा बनाउन गरेको हो,” उनले भने । उनले सहिद परिवार र घाइतेको जीविकोपार्जन र उपचारका लागि सरकारले ठोस योजना बनाउनुपर्ने माग गरे ।
गुल्मीका गोकर्ण बिष्ट र हुम्लाका सुरेश ऐडीले पनि अहिले घाइतेहरू त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य भएको उल्लेख गर्दै भयरहित समाज निर्माण गर्न आग्रह गरे ।
सडकमा निस्कने चभेतावनी
शहीद प्रकाश बिष्टकी दिदी दुर्गा बिष्टले आफ्नो भाइको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरू पनि फेरि सडकमा निस्कन बाध्य हुने चेतावनी दिइन् । त्यसैगरी, सरस्वती रावलले अस्पतालको बेडमै थलिएर पनि घाइतेहरूले आफूहरूको बलिदान व्यर्थ हुने हो कि भन्ने चिन्ता गरिरहेको बताइन् ।
“देश र जनताको लागि बगेको रगत खेर जानु हुँदैन,” उनले जोड दिइन् ।
पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनलाई आफूहरू सबैले साथ दिनुपर्ने बताए । “यो पुस्ताले सुरु गरेको क्रान्ति अधुरो राख्न मिल्दैन,” उनले भने ।
जेनजी नेतृ सुप्रिया नेपालीले आन्दोलनका ठूलाठूला राजनीतिक मागहरू पनि सार्वजनिक गरिन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा र स्वास्थ्य निःशुल्क, २०४६ यताका उच्च तहका राजनीतिकर्मी र प्रशासकहरूको सम्पत्ति छानबिन। उनले माग पूरा नभए आन्दोलन निरन्तर जारी रहने स्पष्ट पारिन् ।
गोली कसले हान्यो ?
जेनजी अगुवा प्रकाश रावलले भदौ २३ गतेको आन्दोलनलाई देशको मोड परिवर्तन गर्ने क्षणको रूपमा स्मरण गरे । “हामी जन्मैदेखि देश बनाउन आएका हौं, तर हाम्रो शान्तिपूर्ण आन्दोलनमै सरकारले ताकी–ताकी गोली चलायो,” उनले आरोप लगाए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले गोली हान्ने आदेश दिएको होइन’ भन्ने अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, “यदि सरकारको आदेश थिएन भने, गोली कसले चलायो ? यसको छानबिन हुनुपर्छ ।”
उनले प्रत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरूप ल्याउन संविधान संशोधन आवश्यक भएको भन्दै, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।
घाइते पत्रकारकाे वेवास्ता
पत्रकार प्रेमराज राई आन्दोलनमा गम्भीर घाइते भएका थिए । उनका दाइ पत्रकार चन्द्र ओमबुलेले सरकार र सरोकारवालाले घाइते पत्रकारलाई बेवास्ता गरेको भन्दै रोष प्रकट गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...
माघ १ गते, २०८२ - ११:२५
काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...
माघ १ गते, २०८२ - ११:०३
काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...
माघ १ गते, २०८२ - १०:५७
काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ । ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...
माघ १ गते, २०८२ - १०:५६
नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...
माघ १ गते, २०८२ - १०:५२
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे । पाल्पाको ...
माघ १ गते, २०८२ - १०:४३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति ...
माघ १ गते, २०८२ - १०:४१
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन...
माघ १ गते, २०८२ - १०:३२
काठमाडौं । सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई ...
माघ १ गते, २०८२ - १०:२०
काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घट्ने क्रममा छ । तापक्रम घट्दै जाँदा चिसो बढिरहेको छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटि...




प्रतिकृया लेख्नुहोस्: