काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय समिति नै विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी अघि सारेको छ। आज (आश्विन ५ गते) बसेको पार्टी पदाधिकारी बैठकले यस्तो प्रस्ताव ल्याउने निर्णय गरेको जानकारी प्रवक्ता अग्नी सापकोटाले पत्रकारलाई दिए ।
सापकोटाका अनुसार पदाधिकारी बैठकले महाधिवेशन आयोजक समिति पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा रहने गरी गठन गर्ने प्रस्ताव गरेको छ । आगामी असोज ९ गते बस्ने केन्द्रीय समिति बैठकमा उक्त प्रस्तावलाई औपचारिक रूपमा पेस गरिने र विस्तृत छलफलपछि अन्तिम निर्णय लिने बताइएको छ । त्यसभन्दा अघिल्लो दिन अर्थात् असोज ८ गते स्थायी समिति बैठक बस्ने र त्यहाँ पनि प्रारम्भिक बहस हुने कार्यक्रम तय भएको छ ।
बैठकमा पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनको मिति लक्षित गर्दै आवश्यक तयारीमा सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ । निर्वाचनमा पार्टीलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने रणनीति, संगठन सुदृढीकरण र मतदातासँगको सम्पर्क अभियानबारे समेत छलफल भएको सापकोटाले जानकारी दिए ।
त्यसैगरी, माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतान्त्रिक प्रक्रियाको विकास र भविष्यको कार्यदिशासम्बन्धी विषयमा प्रारम्भिक बहस सुरु भएको प्रवक्ता सापकोटाले उल्लेख गरे । उनका अनुसार पार्टीले आगामी महाधिवेशनलाई नयाँ पुस्ता, विचार र कार्यशैलीको अभ्यास गर्ने महत्वपूर्ण अवसरको रूपमा लिन चाहेको छ ।
बैठकले देशभक्त, लोकतान्त्रिक तथा परिवर्तन–अग्रगामी शक्तिहरूलाई वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय चूनौतीको सामना गर्न एकताबद्ध हुन आह्वान पनि गरेको छ । माओवादी केन्द्रले सबै प्रगतिशील, गणतान्त्रिक शक्तिहरूबीच सहकार्य र संवादको वातावरण निर्माण गर्दै आर्थिक समृद्धि, सुशासन र स्थिरताको पक्षमा संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
पार्टी नेतृत्वका अनुसार, आगामी महाधिवेशनले नीतिगत तथा संरचनागत दृष्टिले माओवादी केन्द्रलाई अझ संगठित, जिम्मेवार र जनतामुखी बनाउने अपेक्षा राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: