Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

खबरडबली संवाददाता

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनअन्तर्गत सोमबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्।

बिहान ११ बजेदेखि ११ः३० बजेसम्म ढल्केबरमा राजमार्ग अवरुद्ध गर्दै आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रस्तावित स्थानमा ट्रमा सेन्टर निर्माण नगरी लहानमा बनाउने स्वास्थ्य मन्त्री निशा मेहताले सदनमा जानकारी दिएपछि ढल्केबरमा विरोध चर्किएको हो। संघर्ष समितिले गत शुक्रबारदेखि प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलन सुरु गरेको थियो।

संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोका अनुसार आन्दोलनअन्तर्गत मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम तय गरिएको छ।

ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमै पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ को कित्ता नम्बर १६९ मा रहेको करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर योजना अघि बढाइएको थियो।

महतोका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ भने जग्गाको लालपुर्जासमेत बनिसकेको छ। शिलान्यासको तयारीमा रहेको योजना अचानक अर्को स्थानमा सार्ने निर्णयले स्थानीयवासी आक्रोशित बनेका हुन्।

संघर्ष समितिले सरकारले निर्णय सच्याएर ढल्केबरमै ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि नबढाए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ।

ढल्केबर पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण क्षेत्र भएकाले यहाँ ट्रमा सेन्टर निर्माण हुँदा सडक दुर्घटनामा घाइते हुनेलाई तत्काल उपचार उपलब्ध गराउन सहज हुने स्थानीयको दाबी छ। प्रस्तावित योजना अन्यत्र सार्ने निर्णयले वर्षौँदेखि गरिएको तयारी र स्थानीयको अपेक्षामाथि अन्याय भएको उनीहरूको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending