काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ पराजुलीको शव अझै नभेटिएपछि परिवारले कुशको शव बनाएर दुवैको एउटै चितामा दाहसंस्कार गर्न लागेको हो।
मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारीको हिन्दू परम्पराअनुसार मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावतीमा दाहसंस्कार गरिँदैछ।
मण्डनदेउपुर–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार केदारनाथको शव फेला नपरेपछि उनको प्रतीकका रूपमा कुशको शव तयार पारिएको हो। दुवै जनाको एउटै चितामा अन्तिम संस्कार गरिनेछ।
तिलकुमारीको शव आइतबार ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको थियो। आफन्तले शवको सनाखत गरेपछि परिवारका सदस्यले शव काभ्रे ल्याएका थिए।
पराजुली दम्पती गत बुधबार काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका थिए। केदारनाथले श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीतर्फ गएको बताइएको छ।
घटनापछि दुवै जनाको खोजी गरिएको थियो। खोजीका क्रममा तिलकुमारीको शव नदी किनारमा भेटिए पनि केदारनाथको अवस्था अझै अज्ञात छ।
शव नभेटिए पनि खोजीबाट फर्किनुपर्ने बाध्यताबीच परिवारले हिन्दू संस्कारअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...



प्रतिकृया लेख्नुहोस्: