Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अख्तियारमा नापी र मालपोतका उजुरी सबैभन्दा धेरै

खबरडबली संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै उजुरी बागमती प्रदेशबाट परेको छ। यस वर्ष कुल ३७,०२६ उजुरी परेका थिए।

प्रतिवेदनअनुसार बागमती प्रदेशमा ११,२७७ वटा उजुरी परेका छन्, जुन सबै प्रदेशभन्दा बढी हो। समग्रमा कुल उजुरीको ५३.८४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। स्थानीय तहका उजुरीमा सबैभन्दा धेरै मधेश प्रदेशका छन्, जहाँ ७,०७२ उजुरी दर्ता भएका छन्।

अन्य प्रदेशमा परेका उजुरीको संख्या यस प्रकार छ:

कोशी प्रदेश: ३,२९४
मधेश प्रदेश: ९,६६८
गण्डकी प्रदेश: २,४१३
लुम्बिनी प्रदेश: ४,४२८
कर्णाली प्रदेश: ३,३३०
सुदूरपश्चिम प्रदेश: २,६१६

मन्त्रालयगत उजुरीको अवस्था

सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित छन्। यो मन्त्रालयसँग सम्बन्धित उजुरीको संख्या २,१३६ रहेको छ, जुन १७.१२ प्रतिशत हो। यसले नापी र मालपोत कार्यालयहरूमा भ्रष्टाचारजन्य गतिविधि बढी रहेको संकेत गर्छ।

त्यसैगरी, अन्य मन्त्रालयहरूमा परेका उजुरीको विवरण:

गृह मन्त्रालय: १,२९९ उजुरी (१०.४१%)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय: १,२८७ उजुरी (१०.३२%)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय: ७४७ उजुरी (५.९९%)
अर्थ मन्त्रालय: ६७९ उजुरी (५.४४%)
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय: ६१० उजुरी (४.८९%)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय: ४४६ उजुरी (३.५८%)
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय: ४२८ उजुरी (३.४३%)
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय: ३८७ उजुरी (३.१०%)
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय: ३२१ उजुरी (२.५७%)
स्थानीय तह र बिगो दाबी

स्थानीय तहमध्ये सबैभन्दा धेरै उजुरी पोखरा महानगरपालिका (४१३) मा परेको छ, त्यसपछि काठमाडौँ महानगरपालिका (३८१) मा।

यस आर्थिक वर्षमा अख्तियारले भ्रष्टाचारजन्य कसुरमा १३५ र सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई गरी कुल १३७ मुद्दा विशेष अदालतमा दायर गरेको छ। यी मुद्दामा ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त रु. ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६९२ बराबरको बिगो माग दाबी गरिएको छ। यसमध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानीको बिगो मात्र रु. ४ अर्ब ६४ करोड ४१ लाख ७३ हजार ९४६ रहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending