Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस संस्थापनइतर समूहद्वारा विशेष महाधिवेशनको माग, भोलिदेखि हस्ताक्षर अभियान सुरु गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई पुनर्गठन गर्दै सुदृढ बनाउन विशेष महाधिवेशनको माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टीलाई विधिसम्मत ढंगले परिवर्तन गर्न विशेष महाधिवेशन एक मात्र विकल्प रहेको बताए ।

विज्ञप्तिमा भनिएको छ, “विगतका गल्तीका लागि आम देशवासी, शुभेच्छुक तथा समर्थकसमक्ष क्षमा माग्दै सुधारसहित भविष्यको बाटो तय गर्न विशेष महाधिवेशन बाहेक अर्को माध्यम छैन । देशको वर्तमान स्थिति, पार्टीको अवस्था र नेतृत्वमाथि उठेका प्रश्नको समाधानका लागि विशेष महाधिवेशन आवश्यक छ । त्यसैले सम्पूर्ण कांग्रेस साथीहरूलाई यस अभियानमा जोडिन आग्रह गर्दछौं ।”

प्रतिनिधिहरूका अनुसार देशभरका करिब १ हजार १ सय महाधिवेशन प्रतिनिधिसँग सम्पर्क भइसकेको छ र उनीहरूले विशेष महाधिवेशनको प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका छन् ।
पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी विधानअनुसार केन्द्रीय समितिलाई दबाब दिने उद्देश्यले ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलनको तयारी भएको बताए । उनले अहिलेको नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै भने, “नेतृत्व फेर्ने बेला आएको छ । चार-पाँच वर्षदेखि सुझाव दिँदै आएका छौं तर सुनुवाइ भएको छैन ।”

घिमिरेका अनुसार भोलिदेखि हस्ताक्षर अभियान सुरु गरिनेछ र दसैंको विदाभरिमा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यालयमा बुझाइनेछ ।

त्यसैगरी, नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले ७५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन बोलाउने तयारी भएको जानकारी दिए । उनका अनुसार, “हाम्रोमा करिब ४ हजार ८ सय महाधिवेशन प्रतिनिधि छन् । पूर्णिमाको आसपास ३ हजारभन्दा बढी अर्थात् ७५ प्रतिशत प्रतिनिधिको सही संकलन गरेर विशेष महाधिवेशनको घोषणा गर्ने योजना छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending