Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि खच्चड हराउँदै

खबरडबली संवाददाता

हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड विस्तारै हराउँदै गएका छन् । जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि जोडिएपछि यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड हराउन थालेका हुन् । 

नुन, चामल, तेल, खाद्यान्न, लत्ताकपडालगायत दैनिक घरायसी उपभोग्य सामग्री ढुवानी गरेर दुर्गम सदरमुकाम सिमकोटसहित गाउँसम्म पुर्‍याउने प्रमुख साधनका रूपमा प्रयोग गरिने खच्चड अहिले प्रयोगविहीन बन्न थालेका हुन् ।

यसअघि स्थानीय जनजीवनसँग गाँसिएको खच्चड यातायात यहाँको अर्थतन्त्र, संस्कार र जीवनशैलीको हिस्सा बनेको थियो । यहाँ वर्षौँसम्म मानिसहरूले दैनिक जीवनका लागि आवश्यक सामग्री ढुवानी गर्न प्रयोग गर्ने खच्चड, घोडा र डोको–नाम्लो विस्तारै लोप हुँदै आएका गाउँका ज्येष्ठ नागरिकको भनाइ छ ।

हुम्ला औपचारिक रूपमा सडक सञ्जालमा यसैवर्ष मात्र जोडिए पनि अधिकांश गाउँमा भने यसअघि नै सडक पुगिसकेको थियो । सडक पुगे लगत्तै छोटा दूरीका सवारीसाधन सञ्चालन हुन थालेपछि विस्तारै खच्चड विस्थापन हुँदै गएका अदानचुली गाउँपालिका–३ का हर्कदन फडेराले बताए । अहिले खच्चड यातायात इतिहास मात्र बन्दै गएको उनको भनाइ छ । 

कार, जीप, ट्रक र ट्याक्टर गाउँगाउँमा पुग्न थालेपछि मानिसले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका फडेराले बताए । सडक निर्माण र यातायातको पहुँच विस्तार भएसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय विस्तारै लोप हुँदै गएको उनले उल्लेख गरे ।

फडेराले आफूले धेरै पहिलेदेखि यो पेसा गर्दै आएको जनाउँदै अहिले पनि खच्चड व्यवसायलाई निरन्तरता दिँदै आएको बताए । काम कम हुँदा आम्दानीमा कमी आएको भन्दै उनले सोही कारणले अहिले खच्चडलाई पालनपोषण गर्न मुस्किल हुन थालेको धारणा राखे ।

व्यावसायिक रूपमा खच्चड पालेर जीविकोपार्जन गर्दै आएका फडेरा मात्र नभएर जिल्लाका अधिकांश व्यापारीले अहिले गाडी, ट्याक्टर चलाउन सुरु गरेका छन् । समयको मागसँगै रैथाने पेसाबाट आम्दानी कम हुन थालेपछि वैकल्पिक रूपमा जीप, बस र ट्याक्टर सञ्चालन गर्नुपरेको उनको अनुभव छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: