Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

स्वदेशी उत्पादनले बजार नपाएको भन्दै केरा किसान आन्दोलित

माग सम्बोधन नभए सडकमा केरा फाल्ने चेतावनी

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। भारतबाट ठुलो परिमाणमा केरा आयात भएपछि स्वदेशी उत्पादनले बजार नपाएको भन्दै पश्चिम नवलपरासीका केरा किसान आन्दोलित भएका छन् । नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लक्खु प्रसाद यादवका अनुसार संघले माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

भारतबाट ठुलो परिमाणमा सस्तो केरा आयात हुन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् । आफ्नो उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै नवलपरासी केरा उत्पादक संघले चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

किसानहरूले भारतीय केरा आयात रोक्ने उद्देश्यले आन्दोलनका क्रममा भारतीय नम्बर प्लेटका कुनै पनि केरा बोकेका गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । यो कदम उनीहरूले आफ्नो उत्पादनले उचित बजार नपाएको विरोधमा चालेका हुन् ।

किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य र बजार नपाउँदा ठुलो नोक्सानी व्यहोर्नुपरेको भन्दै यदि माग सुनुवाइ नभए केरा सडकमै फ्याँक्ने लगायतका कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने चेतावनी समेत दिइएको छ । केरा उत्पादक संघकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष यादवका अनुसार हामीले पटक–पटक सरकारलाई आग्रह गर्दा पनि समस्या समाधानको पहल नहुनु दु:खद हो । यदि तत्काल भारतबाट हुने केरा आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको बजार व्यवस्थापन नगरिए सम्पूर्ण केरा उत्पादक, व्यापारी र उपभोक्तालाई समेटेर निर्णायक आन्दोलन गर्ने घोषणा गरिएको छ ।

संघले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिए पनि त्यसको कार्यान्वयन नहुँदा किसानहरू मारमा परेको बताएको छ । संघका अनुसार पटक–पटक सम्बन्धित सरकारी निकायमा आग्रह गर्दा पनि समस्या समाधानका लागि कुनै सुनुवाइ भएको छैन । विगत ६ महिनाभन्दा बढी समयदेखि समस्या समाधानका लागि पहल गर्दै आए पनि बेवास्ता गरिएको किसानहरूको गुनासो छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा १८२५ बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ, जसमा कुल ३७४० घरधुरी संलग्न छन् ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending