लेखनाथ। जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट निस्किएका ४७ प्रतिशत कैदीबन्दी अझै फर्किएका छैनन्। भदौ २४ गते साँझ कारागार खाली गरी बाहिरिएकामध्ये मङ्गलबारसम्म चार सय चार कैदी, बन्दी फर्किएका छन्।
सात सय ७३ कैदीबन्दी रहेकोमा अझै तीन सय ६९ जना फरार छन्। कास्की कारागारबाट फरार भएका केही कैदी, बन्दी राजधानी र आसपासका जिल्लाबाट पक्राउसमेत परेका थिए। कारागार प्रमुख राजेन्द्र शर्माले धेरैजसो कैदीबन्दी आफैं फर्किएको र फर्किने क्रम जारी रहेको जानकारी दिए।
“धेरैजसो आफैँ फर्किनुभएको छ, बाँकीलाई फर्किन कारागार व्यवस्था विभागले अनुरोध गरिसकेको हो,” उनले भने। कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि दुई वटा ब्लक छन्। महिलाको ब्लकमा ३५ जना, पुरुषको ब्लकमा सात सय ३८ कैदीबन्दी बस्दै आएका थिए।
सम्पर्कमा नआएका कैदी, बन्दीको सूचना प्रहरीलाई दिएर जेल फर्काउने क्रम सुरु भएको शर्माको भनाइ छ। पोखरा–१९, ग्यारजातीमा रहेको बाल सुधार गृहमा रहेका बालक पनि फर्कनेक्रम जारी छ। त्यहाँ रहेको एक सय नौ बालकमध्ये मङ्गलबारसम्म ४८ जना फर्किएका छन्। सुधार गृह प्रमुख डासी पौडेलले आन्दोलनकारीले तोडफोड गर्न निस्किएका बालक अभिभावकहाँ पुगेर र सुधार गृह फर्किने क्रम जारी रहेको उल्लेख गरे।
भदौ २४ गतेको आन्दोलनका क्रममा कास्कीका २७ प्रहरी संरचनामा क्ष्ति पुगेको थियो। त्यस क्रममा प्रहरी हिरासतसमेत खाली बनाई थुनुवा भागेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...
पौष १३ गते, २०८२ - १४:०७
धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...




प्रतिकृया लेख्नुहोस्: