लेखनाथ। जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट निस्किएका ४७ प्रतिशत कैदीबन्दी अझै फर्किएका छैनन्। भदौ २४ गते साँझ कारागार खाली गरी बाहिरिएकामध्ये मङ्गलबारसम्म चार सय चार कैदी, बन्दी फर्किएका छन्।
सात सय ७३ कैदीबन्दी रहेकोमा अझै तीन सय ६९ जना फरार छन्। कास्की कारागारबाट फरार भएका केही कैदी, बन्दी राजधानी र आसपासका जिल्लाबाट पक्राउसमेत परेका थिए। कारागार प्रमुख राजेन्द्र शर्माले धेरैजसो कैदीबन्दी आफैं फर्किएको र फर्किने क्रम जारी रहेको जानकारी दिए।
“धेरैजसो आफैँ फर्किनुभएको छ, बाँकीलाई फर्किन कारागार व्यवस्था विभागले अनुरोध गरिसकेको हो,” उनले भने। कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि दुई वटा ब्लक छन्। महिलाको ब्लकमा ३५ जना, पुरुषको ब्लकमा सात सय ३८ कैदीबन्दी बस्दै आएका थिए।
सम्पर्कमा नआएका कैदी, बन्दीको सूचना प्रहरीलाई दिएर जेल फर्काउने क्रम सुरु भएको शर्माको भनाइ छ। पोखरा–१९, ग्यारजातीमा रहेको बाल सुधार गृहमा रहेका बालक पनि फर्कनेक्रम जारी छ। त्यहाँ रहेको एक सय नौ बालकमध्ये मङ्गलबारसम्म ४८ जना फर्किएका छन्। सुधार गृह प्रमुख डासी पौडेलले आन्दोलनकारीले तोडफोड गर्न निस्किएका बालक अभिभावकहाँ पुगेर र सुधार गृह फर्किने क्रम जारी रहेको उल्लेख गरे।
भदौ २४ गतेको आन्दोलनका क्रममा कास्कीका २७ प्रहरी संरचनामा क्ष्ति पुगेको थियो। त्यस क्रममा प्रहरी हिरासतसमेत खाली बनाई थुनुवा भागेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...
बैशाख २६ गते, २०८३ - १४:४०
बारा। बाराको निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा आज एक युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अ...
बैशाख २६ गते, २०८३ - १४:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ललितपुरको स्टाफ कलेज मा आयोजना गरिए...
बैशाख २६ गते, २०८३ - १३:४५
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार राजस्व दाखिला भएको ...


प्रतिकृया लेख्नुहोस्: