Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

तत्काल पार्टीकाे बैठक नबाेलाउने रणनीतिमा अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनबाट सत्ताच्युत भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट राजीनामाको दबाब बढ्दै गएको छ । सरकारको नेतृत्वमै हुँदा ठूलो विद्रोह र ७४ जनाको ज्यान जाने घटनाले नेतृत्वमा ओली रहन नसक्ने धेरै नेता–कार्यकर्ताको निष्कर्ष छ ।

संगठित रूपमा बलियो बन्दै गएको यो धारणा मंगलबार पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि सार्वजनिक रूपमा व्यक्त गरे । फेसबुकमा उनले “सबै ठीकठाक थियो भन्ने भ्रम पाल्न नहुने” भन्दै नेतृत्वलाई आत्मसमीक्षा गर्न आह्वान गरे ।

आन्दोलनपछि ओली केही दिन नेपाली सेनाको ब्यारेकमा बसेर संविधान दिवसको पूर्वसन्ध्यामा भक्तपुरको सूर्यविनायक–७, गुण्डुस्थित डेरामा फर्किएका छन् । त्यहाँ उनले एकै कम्पाउन्डभित्रका तीन घर भाडामा लिएर बसोबास गरेका छन्—एकमा उनी, अर्कोमा सुरक्षाकर्मी र तेस्रोमा युवा संघका नेता–कार्यकर्ता ।

संविधान दिवसमा पार्टी कार्यालयमा उपस्थित हुने अपेक्षा भए पनि ओली त्यहाँ गएनन् । बरु फेसबुकमार्फत् उनले घटनालाई ‘षड्यन्त्र’को संज्ञा दिँदै आफ्नो कमजोरीबारे कुनै स्वीकारोक्ति जनाएनन् ।

विद्रोहपछि ओलीले पार्टी कमिटीको कुनै बैठक बोलाएका छैनन् । उनले नेताहरूलाई छुट्टाछुट्टै भेटेर परिस्थिति ‘नाडी छाम्ने’ काम गरिरहेका छन् । केही पदाधिकारीका अनुसार ओलीले कसैलाई धम्क्याउने, कसैलाई फकाउने पुरानै शैली दोहोर्याइरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले सचिवालय बैठक माग गरे पनि ओलीले दसैंपछि मात्र निर्णय गर्ने संकेत दिएका छन् । सचिवालयभित्र अहिले ओलीको पक्षमा खुलेर बोल्ने सदस्य थोरै मात्र रहेको बुझिएको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले नेतृत्व परिवर्तनको धारणा सार्वजनिक रूपमा राखिसकेका छन् ।

उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य लगायत नेताहरू पनि ओलीको नेतृत्वमा चुनावमा जान नहुने धारणा व्यक्त गरिरहेका छन्, यद्यपि प्रत्यक्ष राजीनामा माग गरेका छैनन् ।

महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय विष्णु रिमाल, प्रदीप ज्ञवाली भने ओलीको पक्षमा छन् । सचिव पद्मा अर्यालले “पहिले घटनाको गहिरो समीक्षापछि मात्रै नेतृत्वबारे निर्णय हुनुपर्छ” भन्ने धारणा राखेकी छन् ।

पार्टीभित्र दबाब बढे पनि ओली भने महाधिवेशन र आगामी चुनाव आफैंको नेतृत्वमा फेस गर्ने अडानमा छन् । भेटघाट गरेर फर्किएका एक पदाधिकारीका अनुसार ओलीले “माथि षड्यन्त्र भएको छ, महाधिवेशनमार्फत् यसको जबाफ दिन्छु, अहिले राजीनामाको प्रश्न आउँदैन” भन्ने मनसाय प्रष्ट पारेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: