विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको प्रदेशसभा हल ध्वस्त भएपछि तत्काल बैठक बस्न नसक्ने भएपछि वैकल्पिक स्थानको खोजी सुरु भएको छ । कटहरीस्थित कृषि बजारको भवन र विराटनगरको वीरेन्द्र सभागृहलाई वैकल्पिक स्थलको रूपमा प्रयोग गर्नेबारे छलफल भइरहेको छ ।
मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको सर्वदलीय बैठकले प्रदेशसभा अधिवेशन दसैँअघि बोलाउन असम्भव रहेको निष्कर्ष निकालेको छ । बैठकले दसैँपछि पुनः बैठक बसेर अधिवेशनको मिति तय गर्ने सहमति पनि गरेको छ ।
बैठकमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले उपयुक्त सभा हलको व्यवस्था नभएकाले तत्काल बैठक सम्भव नभएको बताए । “यसअघि बैठक बस्दै आएको स्थानमा आगजनी भएकाले नयाँ ठाउँ खोज्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले चाडपर्व नजिकिएकाले र सभा हलको व्यवस्थापन नहुँदा दसैँअघि बैठक बस्नु सान्दर्भिक नहुनेमा सबै दलको एकमत रहेको जानकारी दिए । बैठकले वैकल्पिक सभा हलको तत्काल व्यवस्था र आवश्यक बजेटको प्रबन्ध गर्न प्रदेश सरकारलाई सुझाव दिने निर्णय पनि गरेको छ ।
अत्यावश्यक परिस्थिति सिर्जना भएमा दसैँ र तिहारको बीचमा बैठक बस्न सकिने, नभए तिहारपछि मात्र बैठक हुने सम्भावना रहेको नेताहरूले बताएका छन् । बैठकमा प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना राई, मन्त्री रेवतीरमण भण्डारी, मन्त्री भुपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिब्थेप, माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङ, एमाले सांसद तिलचन पाठकलगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: