काठमाडौं । सरकारले सांसद तथा राजनीतिक पदाधिकारीहरूलाई दिइँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको छ। अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयमार्फत यो सुविधा हटाइएको हो।
नयाँ निर्णयअनुसार अब सांसदसहित अधिकांश राजनीतिक पदाधिकारीहरूले स्वकीय सचिव राख्न नपाउनेछन्। तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा संघ र प्रदेश सरकारका मन्त्रीहरूलाई भने यो सुविधा जारी रहनेछ।
यस्तै, सल्लाहकार नियुक्तिको सन्दर्भमा पनि कडाइ गरिएको छ। अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक अन्य सरकारी, प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरूले सल्लाहकार राख्न नपाउने भएका छन्।
सरकारले प्रदेश प्रमुख र संघ तथा प्रदेशका मन्त्रीहरूका स्वकीय सचिवालयमा अधिकतम तीन जनासम्म मात्र नियुक्त गर्न सकिने व्यवस्था गरेको छ।
सरकारले अनावश्यक पद सिर्जना नगर्ने, स्थायी दरबन्दीको सट्टा आवश्यक परेमा सेवा परामर्शमार्फत प्राविधिक सहायता लिने नीति लिएको छ। दीर्घकालीन आर्थिक बोझ नपरोस् भन्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको हो।
अर्थ, गृह, परराष्ट्र लगायतका मन्त्रालयहरूले छरितो, चुस्त र मितव्ययी प्रशासन निर्माणका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत अनावश्यक संरचना र दरबन्दी हटाउने तयारी गरेका छन्।
अब संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करार सेवामा कर्मचारी नियुक्ति गर्न नपाइने छ। साथै, कार्य दोहोरो हुने संरचना खारेज गर्दै भविष्यमा नयाँ दोहोरो संरचना सिर्जना नगर्ने नीति अवलम्बन गरिनेछ।
सरकारले भूमि समस्या समाधान आयोग पनि खारेज गर्ने तयारी गरेको छ। यससम्बन्धी कानुनी र प्रशासनिक व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: