Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

दसैँमा नेकपा एस, नेकपा र नेसपासँग एकता घोषणा गर्ने प्रचण्डको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । माओवादीसहितका दलहरू समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने तयारीमा छन् । दसैँका बिचमा एकताको घोषणा गर्ने अन्तिम तयारीमा माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपा जुटेका छन् । तर, यसबारे मोर्चाका नेताहरू औपचारिक रूपमा बोल्न खोज्दैनन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमै समाजवादी मोर्चाका घटकसँग पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउने प्रस्ताव गरेका छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्न तयार राजनीतिक प्रतिवेदनमा उनले पार्टी एकता र बृहत् मोर्चाको प्रस्ताव गरेका हुन् । 

एकताको विषयमा समाजवादी मोर्चाका घटकहरूबिच पटक–पटक छलफलसमेत भइसकेको छ । मोर्चाका घटक एकीकृत समाजवादी, नेकपा र नेसपाले पनि विचार मिल्ने दलहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरिसकेका छन् । स्रोतहरूका अनुसार यही दसैँमा एकता घोषणा गर्ने र आगामी मंसिरमा एकता महाधिवेशन गर्ने गृहकार्य छ ।

‘समाजवादी मोर्चालाई एकतामा रूपान्तरण गर्न विशेष पहल गर्ने, विचार मिल्ने अन्य दलसँग पनि एकताका लागि पहल गर्ने भन्ने हो,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउन पनि पहल गर्ने विषय छ ।’

एकीकृत समाजवादीको गत शुक्रबार बसेको सचिवालय बैठकले चुनौतीपूर्ण अवस्थामा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिको उपलब्धिको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेको थियो । 

‘हाम्रो पार्टीले अँगालेको नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न पहलकदमी अघि बढाउने निर्णय भएको छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने ।

विप्लव नेतृत्वको नेकपाले पार्टी एकताको पहल गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । नेकपाको केन्द्रीय समिति बैठकले बनाएको समितिमा नेताहरू अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य छन् । 

‘परिस्थिति फेरिएको छ । विचार, सिद्धान्त मिल्ने दलहरू एक भएर जानुपर्ने आवश्यकता छ । त्यसका लागि हामी एजेन्डा बनाएर छलफल गर्छौँ,’ उनले भने ।

नेसपा अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा छलफल हुँदै आएको बताउँदै वर्तमान परिस्थितिमा एकताको आवश्यकता झन् बढेर गएको बताए । उनले एकता र सहकार्यको नीतिअनुसार पार्टी अगाडि बढ्ने बताए । 

‘समाजवादी मोर्चाका घटकबिच एकताको विषयमा पहिलेदेखि नै छलफल हुँदै आएको हो । अहिलेको अवस्थामा एकता र सहकार्यको झन् बढी आवश्यकता भएको छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending