Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

नेतान्याहुको संयुक्त राष्ट्र सम्बोधनः अन्तर्राष्ट्रिय दबाब अस्वीकार, हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गरेका छन् । 

बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबिच उनले भने, “पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।” उनको सम्बोधन सुरु हुनुअघि नै धेरै मुलुकका प्रतिनिधि महासभा हलबाट सामूहिकरूपमा बाहिरिएका थिए । नेतान्याहुले आफ्ना शब्द घरभित्र विभाजित इजरायली जनतालाई पनि लक्षित गरेका थिए । उनले हालै प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई ‘यहुदी र निर्दोष जनताविरुद्ध आतङ्कलाई प्रोत्साहन गर्ने कदम’ भन्दै खारेज गरे । 

संयुक्त राष्ट्र हलमा नेतान्याहुले बोलेका बेला कोलाहलपूर्ण नारा गुन्जिए भने उनका समर्थकले ग्यालरीबाट तालि बजाएका थिए । अमेरिकाको सिट तल्लो स्तरका प्रतिनिधिले मात्र भरिएका थिए भने बेलायतको पनि वरिष्ठ उपस्थिति थिएन । धेरै सिट खाली रहेका थिए । इरानको कुर्सीमा भने गाजाको युद्धमा मारिएका बालबालिकाको फोटो राखिएको थियो ।

नेतान्याहुले फेरि आलोचकलाई एन्टिसेमिटिज्मको आरोप लगाउँदै भने, “यहुदीविरोध कहिल्यै मर्दैन ।” अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधको आरोप, बढ्दो दबाब र अलगावबिच यो सम्बोधन उनका लागि प्रतिवाद गर्ने अवसर बनेको थियो । उनले सिरिया, लेबनान, इरान र यमनसमेतमा इजरायलले चालेका हालका सैन्य कदमलाई उल्लेख गर्दै गाजालाई ‘अन्तिम बाँकी मोर्चा’ का रूपमा चित्रित गरे ।

दमास्कससँग वार्ता सुरु भएको भन्दै उनले ‘शान्तिका लागि सम्भावना खुलेको’ दाबी गरे तर अन्तिम चुनौती हमास भएको दोहोर्याए । नेतान्याहुले आफ्नो प्रमुख सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बार प्रशंसा गरे । उनले परम्परागत शैलीमै नक्सा, चिह्न र ‘द कर्स’ शीर्षकसहित भिजुअल एड्स प्रयोग गरेर सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण र इजरायली बन्धकको प्रसङ्ग औँल्याए । 

उनको सन्देश गाजामा पनि प्रसारित गरिएको इजरायली सरकारको दाबी छ, जसका लागि लाउडस्पिकर र मोबाइल प्रयोग भएको बताइएको छ । तर एपी पत्रकारले प्रत्यक्ष प्रमाण भने देखेनन् । वाडी गाजाका विस्थापित मोनिर तालिबले प्रतिक्रिया दिँदै भने, “हामी ढिलो वा चाँडै स्वतन्त्रता पाउँछौँ ।” अर्का विस्थापित अमजद अब्देल दाइमले भने, “उहाँले हमासलाई लक्ष्य बनाएको भन्नुहुन्छ, तर युद्ध हामी जस्ता साधारण, गरिब मानिसविरुद्ध चलिरहेको छ ।”

हमासले नेतान्याहुलाई युद्धलाई निरन्तरता दिने झूटो बहानाबाजी गरेको आरोप लगाएको छ । हमासले विज्ञप्ति जारी गर्दै भनेको छ, “यदि उहाँले बन्धकबारे साँच्चिकै चिन्ता गरेका भए उहाँले नरसंहार र गाजाको विनाश रोक्नुहुन्थ्यो ।” हालै अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, बेलायतलगायतले प्यालेस्टिनी राज्य मान्यता दिएकाले यस वर्षको संयुक्त राष्ट्र सम्बोधन नेतान्याहुका लागि उच्च जोखिमपूर्ण मानिएको थियो ।

युरोपेली सङ्घ (इयु) ले कर र प्रतिबन्धबारे छलफल गरिरहेको छ । महासभाले इजरायललाई दुई-राज्य समाधानप्रति प्रतिबद्ध हुन आग्रह गर्ने प्रस्तावसमेत पारित गरिसकेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले नेतान्याहुविरुद्ध मानवताविरुद्धको अपराधमा गिरफ्तारी वारेन्ट जारी गरिसकेको छ, जसलाई उनले अस्वीकार गरे । साथै, संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले गाजामा नरसंहार गरेको आरोपबारे सुनुवाइ गरिरहेको छ ।

महासभा हल नजिकै सयौँ प्यालेस्टिनी समर्थकले प्रदर्शन गर्दै ‘इजरायलले मानवता विरुद्ध युद्ध गरिरहेको छ’ भन्दै नारा लगाएका थिए । इजरायल समर्थक गैरसरकारी संस्था युएन वाचले भने नेतान्याहुको सम्बोधनलाई आतङ्कवादविरुद्धको दृढता र छिमेकीसँग सम्भावित शान्तिको दृष्टिकोणको मिश्रण भएको भन्दै प्रशंसा गरेको छ । तर विरोध बढ्दो छ । सुरक्षा परिषद्को विशेष सत्रमा धेरै राष्ट्रले सन् २०२३ को हमास आक्रमणलाई निन्दा गरे पनि इजरायलको अत्यधिक आक्रमणलाई आलोचना गर्दै तत्काल युद्धविराम र मानवीय सहायता खोल्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार गाजामा इजरायली आक्रमणले हालसम्म ६५ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ र लाखौँ भोकमरीको जोखिममा छन् । अहिलेसम्म एक सय ५० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यद्यपि संयुक्त राज्य अमेरिकाले इजरायललाई स्पष्ट समर्थन नदिए पनि राष्ट्रपति ट्रम्पले पश्चिम किनार विलयलाई अस्वीकार गर्ने सङ्केत गरे । 

नेतान्याहुको सरकारले भने त्यस्तो कदमलाई समर्थन गर्ने सदस्य राखेको छ, जसले विवादास्पद नयाँ बस्ती परियोजना अगाडि बढाएको छ । नेतान्याहु र ट्रम्पबिच सोमबार भेट हुने कार्यक्रम छ । ट्रम्पले सामाजिक सञ्जालमा गाजा सम्बन्धी छलफललाई ‘फलदायी’ भनेका छन् । नेतान्याहुले पछि संयुक्त अरब इमिरेट्स (युएई) का विदेशमन्त्रीसँग पनि भेट गरे । युएईले पश्चिम किनार विलय भए आफ्नो कूटनीतिक सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको छ ।

यसैबिच, प्यालेस्टिनी प्राधिकरणका नेता महमुद अब्बासले महासभामा भिडियो सम्बोधन गर्दै नयाँ मान्यतालाई स्वागत गर्नुभयो र अझ बढी कदम चाल्न आग्रह गरे । प्यालेस्टिनीले पश्चिम किनार, पूर्वी जेरुसेलम र गाजालाई भविष्यको राज्यको रूपमा हेरेका छन्, जसलाई ‘दुई-राज्य समाधान’ भनिन्छ । नेतान्याहुले भने यस्तो राज्य निर्माणले हमासलाई पुरस्कृत गर्ने दाबी गरे । भाषणको अन्त्यमा नेतान्याहुले भने, “इजरायलले सबै राष्ट्रको तर्फबाट कट्टरपन्थी इस्लामसँग लडिरहेको छ । तपाईंलाई थाहा छ-यो तपाईंको लडाइँ पनि हो ।” रासस/एपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending