काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणालाई संविधान दिवसकै दिन (असोज ३ गते) रातो पासपोर्ट (कूटनीतिक राहदानी) दिएको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पत्ती उपचाररत रहेका बेला नै सार्वजनिक बिदाको दिन पासपोर्ट बनाएर बेडमै पुर्याइएको रहस्य बाहिर आएको हो। राहदानी विभागका एक कर्मचारीले यसबारे पुष्टि गरेका छन्।
मोबाइल किट लिएर बेडमै पासपोर्ट
स्रोतका अनुसार, उपचाररत देउवा र राणाको विवरण अद्यावधिक गर्न विभागका कर्मचारी ‘मोबाइल किट’ लिएर पुगेका थिए। यही उपकरण प्रयोग गरेर तत्कालै पासपोर्ट बनाइएको थियो।
तर, को–को कर्मचारी अस्पताल पुगेका थिए, कसको आदेशमा यो प्रक्रिया अघि बढाइयो भन्नेबारे अझै स्पष्ट भएको छैन। ती कर्मचारीका अनुसार, पासपोर्ट दिने काममा संलग्न व्यक्ति देउवाको निकट मानिन्छन्।
परराष्ट्र र राहदानी विभाग मौन
यो घटनाबारे अहिलेसम्म परराष्ट्र मन्त्रालय र राहदानी विभागले कुनै औपचारिक अभिव्यक्ति दिएका छैनन्। तर संविधान दिवसकै दिन यस्तो सुविधा दिइनु नै नियमविपरीत र विशेष व्यवहार भएको भन्दै आलोचना बढेको छ।
छानबिन सुरु, कारबाहीको माग
घटना सार्वजनिक भएपछि अहिले छानबिन प्रक्रिया सुरु भएको छ। सार्वजनिक बिदाको दिन यस्तो संवेदनशील काम भएको र ‘काँग्रेसी कर्मचारी’को संलग्नता देखिएको भन्दै सो घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ।
यो प्रकरणले सरकारी निकायभित्रको राजनीतिक प्रभाव, विशेष व्यवहार र प्रक्रियागत पारदर्शिताबारे प्रश्न उठाएको छ। अब छानबिनले यो घटनाको वास्तविकता उजागर गर्नेछ वा फेरि अन्य धेरै विषयझैं ओझेलमा पर्नेछ भन्ने जिज्ञासा जनस्तरमा बढिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: