Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

‘छरछिमेकमा सहयोग हराउँदै, प्रतिस्पर्धा बढ्दै’

खबरडबली संवाददाता

टीकापुर । “पहिलेको समाज सम्झँदा अझै मन रमाउँछ,” जानकी गाउँपालिकाको खैरीफाँटाकी ज्येष्ठ नागरिक सीता विष्ट भन्छिन्, “त्यतिबेला छिमेकीसँग मात्र होइन, आगोसम्म सापटी चल्थ्यो। एक घरमा चुलो बालेपछि वल्लोपल्लोले त्यहीँ आगो लिएर सल्काउँथ्यौं।”

तर अहिले उनलाई समाज बदलिएको महसुस हुन्छ। “आजभोलि सहयोग होइन, प्रतिस्पर्धा मात्र देख्छु,” उनले दुःखेसो पोखिन्।

त्यस्तै अर्की स्थानीय देवु रावललाई पनि विगत याद आउँछ। उनी भन्छिन्, “घर बनाउन, खेती गर्न छिमेकी मिलेर हातेमालो गर्थ्यौं। अहिले पैसा भएकाले नभएकालाई हेप्ने चलन बढेको छ।”

पार्वती गिरीलाई त अघिल्लो पुस्ताको आत्मीयता अझै स्मरणीय लाग्छ। “पहिले दाल एक घरमा, तरकारी अर्को घरमा पाक्थ्यो, अनि सबैले छाक टाठ्यौं। आज मासु पाक्ने घर र तरकारी पकाउने घरबीचको दूरी बढेको छ।”

तर सबैले नकारात्मक मात्र अनुभव गरेका छैनन्। रोजगारीका लागि विदेशिएका बर्दियाका बलिराज बम भन्छन्, “मेरो परिवारलाई पाल्न छिमेकीले भरपुर सहयोग गरेका छन्। छिमेकी सहयोगी भए समाज नै सुन्दर हुन्छ।”

त्यस्तै उज्जले तिरुवाले अहिले पनि खाद्यान्न वा रकम सरसापट चलिरहेको बताए। “पहिलेजस्तो आगोपानी सापटी छैन, तर समस्या पर्दा छिमेकीले अझै सघाउँछन्। सहयोग नरहे समाज पनि रहन्न।”

यद्यपि केहीले अहिले छिमेकीबीच संवाद घटेको महसुस गरेका छन्। कौशी परियार भन्छिन्, “पहिले समस्या समाधान छिमेकमै हुन्थ्यो। आज संवाद कम भएको छ। सम्बन्धमा आत्मीयता बढाउनैपर्छ।”

शिक्षक पूर्ण विकका अनुसार समाजको सम्बन्ध पातलिँदै जानु चिन्ताजनक संकेत हो। “समूह बनाएर सामूहिक छलफल गर्नुपर्छ। टोल सफा गर्ने, विपन्नलाई राहत दिने, सांस्कृतिक कार्यक्रम गर्ने जस्ता क्रियाकलापले सम्बन्ध नजिक्याउँछ,” उनले सुझाए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending