नेपालगन्ज। दसैंको समयमा नेपालगन्जमा मासुको माग उच्च भएपछि सीमा पारीबाट हुँदैआएको कुखुराको अवैध आयात बढेको छ । जेनजी आन्दोलनको समय सुरक्षाकर्मीको ध्यान सुरक्षा व्यवस्थापनतर्फ केन्द्रित रहेको मौका छोपेर सीमापारी रुपैडिहाबाट कुखुराको अवैध आयात बढेको हो ।
भारतका विभिन्न सहरमा बर्डफ्लु देखिएपछि भारतबाट कुखुराको मासु र कुखुरा ल्याउन प्रतिबन्ध लगाईएको छ । भारतबाट हुँदैआएको भारतीय कुखुराको अवैध आयात नरोकिँदा बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा रहेको छ ।
खुला सीमाको फाइदा उठाउँदै तस्करहरुले दैनिकजसो साइकल, मोटरसाइकल र गाडीमा भरेर अवैध कुखुरा नेपालगन्ज ल्याउने गरेको पाइएको छ । सो प्रकारको तस्करी राति या विहानको समय बढी हुनेगरेको छ ।
पछिल्लो समय शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएपछि प्रहरीले नाकामा निगरानी बढाउँदा सीमा पारीबाट ल्याइएका कुखुरा र ल्याउने मानिस दुबैलाई नियन्त्रणमा लिन थालिएको छ ।
सो क्रममा आइतवार नेपालगन्ज उपमहानगरपालिका –१५ जमुनाहमा भारतबाट अबैध रुपमा ल्याउँदैगरेको २५ हजार रुपियाँभन्दा बढीको अवैध ब्रोईलर कुखुरा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जमुनाह गाउँ निवासी स्थानीय गणेश कवडीयाले चलाएको साईकलमार्फत ल्याइँदैगरेको ४० वटा ब्रोईलर कुखुरा बरामद गरेको छ । बरामद कुखुराको अनुमानित मूल्य २५ हजार ६०० बराबर रहेको उनले बताए ।
बरामद गरिएका कुखुरा तथा साईकलसहित कबडियालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज पठाइएको पनि प्रहरी प्रवक्ता पातलीले बताए। उनले नाकामा कडाई सुरु गर्नुका साथै गस्ती समेत बढाइएकाले नाका पारीबाट हुने अवैध काम नियन्त्रण हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १२:३४
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार न...
बैशाख २४ गते, २०८३ - १२:२६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ। परीक्षा नियन्त...
बैशाख २४ गते, २०८३ - १२:२०
काठमाडौं। पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज राष्ट्रिय स्वतन्त्र पार्टीक...
बैशाख २४ गते, २०८३ - १२:१३
काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ। स्वास्थ्य मन्त्री निशा...
बैशाख २४ गते, २०८३ - १२:०१
नेपालगन्ज। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पुन: सुरु गरिएको मतदाता नामावली दर्ता कार्य निरन्तर जारी रहेको छ । सो क्रममा हालसम्म बाँके जिल्लामा ...
बैशाख २४ गते, २०८३ - ११:४७
काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवस...
बैशाख २४ गते, २०८३ - ११:३८
काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरता भएको बताएका छन्। भारतमा हालै सम्पन्न विधानसभा निर्वा...
बैशाख २४ गते, २०८३ - ११:२२
काभ्रेपलाञ्चोक। बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार बिहानदेखि सवारी आवागमन खुलेको हो । ...
बैशाख २४ गते, २०८३ - ११:०६
तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...
बैशाख २४ गते, २०८३ - १०:५१
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...


प्रतिकृया लेख्नुहोस्: