Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

बाँकेमा १३ सय २६ नयाँ मतदाता थपिए

खबरडबली संवाददाता

नेपालगन्ज। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पुन: सुरु गरिएको मतदाता नामावली दर्ता कार्य निरन्तर जारी रहेको छ ।

सो क्रममा हालसम्म बाँके जिल्लामा १३ सय २६ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार पछिल्लो पटक नाम दर्ता गराएकामध्ये एक हजार ४८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा तथा २७८ जनाले अनलाइन वा कार्यालयमा उपस्थित भई नाम दर्ता गरेका हुन् ।

गत चैत २२ गतेदेखि नाम दर्ताका लागि आवेदन दिन आह्वान गरेपछि जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएको प्रमुख शाहीले जानकारी दिए।

उनका अनुसार अहिले दैनिक ३० देखि ४० जना नेपाली नागरिक नाम दर्ताका लागि कार्यालयमा आउने गरेका छन् भने युवा मतदाताले अनलाइनमार्फत आवेदन दिने क्रम बढिरहेको छ । प्रमुख शाहीका अनुसार नाम दर्ता गर्ने अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् ।

मतदाता नामावलीमा नाम दर्ताका लागि भौतिक रूपमा उपस्थित हुनेभन्दा अनलाइनबाट आवेदन दिने संख्या बढी रहेको निर्वाचन कार्यालयले जनाएको छ । विभिन्न कारणले नाम छुटेका तथा हाल उमेर पुगेका नागरिकका लागि आवेदन खुला गरिएको प्रमुख शाहीले प्रष्ट पारे।

उनका अनुसार अनलाइनमार्फत त्रुटि सच्याउने तथा अद्यावधिक गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको छ । हाल सेवा प्रवाह सहज भएकाले नाम दर्ता तथा अद्यावधिक कार्य प्रभावकारी रूपमा भइरहेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending