Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

रातो पासपोर्ट र संसद परिचयपत्र सचिवालयमा बुझाउन रास्वपाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, जेनजी आन्दोलनपछि पदत्याग गरेका पूर्वसांसदहरूले सकेसम्म चाँडो उक्त पासपोर्ट तथा परिचयपत्र बुझाउन अनुरोध गरिएको छ। उनका अनुसार, पूर्वसांसदका हैसियतमा अब ती कागजात राखिरहनु उपयुक्त नहुने भएकाले पार्टीले स्पष्ट निर्देशन दिएको हो।

यससँगै पार्टीले आफ्ना नेता–कार्यकर्तालाई चाडपर्वमा पार्टीको झण्डा वा ब्यानर प्रयोग गरेर कुनै किसिमका कार्यक्रम नगर्न पनि आग्रह गरेको छ। रास्वपाका अनुसार, जेनजी आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको र अहिले पनि देश शोकमा रहेको अवस्थामा उत्सवलाई पार्टीगत प्रचारको रूपमा प्रयोग गर्नु अमर्यादित हुने बताइएको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुशासन र परिवर्तनका लागि भएको आन्दोलनमा ठूलो बलिदान भएको छ। त्यसैले यसपटक चाडपर्वको कार्यक्रममा पार्टीका झण्डा वा ब्यानर प्रयोग नगर्न नगराउन सबै तहका पार्टी पंक्तिलाई आग्रह गर्दछौं।’

रास्वपाले आन्दोलनपछि आफ्नो राजनीतिक कदमलाई शुद्ध र पारदर्शी बनाउने प्रयास गर्दै आएको बताउँदै, जनतालाई जवाफदेही बन्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending