काठमाडौँ । चाडपर्वलाई लक्षित गरी ट्राफिक सुरक्षाबारे सचेतना जगाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलले संयुक्त रूपमा ट्राफिक पदयात्रा कार्यक्रम सम्पन्न गरेका छन्।
‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आज बिहान रानीपोखरीबाट सुरु भएको र्याली रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म पुगेको थियो। जनपद प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलका टोलीले सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।
र्यालीपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले “चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन ट्राफिक नियम पालना गरेर सभ्य समाज निर्माणमा सबैले प्रतिबद्ध रहनुपर्छ” भन्दै कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे।
विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले चाडपर्वमा मादक पदार्थ सेवन, तीव्र गतिमा सवारी सञ्चालन तथा लागूपदार्थको प्रयोग जस्ता गतिविधि समाजका लागि हानिकारक हुने बताए।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले धन्यवाद मन्तव्य दिएका थिए। एसएसपी अधिकारीले अभावबीच पनि ट्राफिक व्यवस्थापनमा खटिरहेको बताउँदै सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे।
उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, सामुदायिक प्रहरी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: