काठमाडौँ । बडादसैं सुरु भएसँगै देशका सहरी क्षेत्रहरू करिब सुनसानजस्तै बन्दै गएका छन् भने ग्रामीण क्षेत्रहरू केही समयका लागि गुल्जार भएका छन् । राजधानी काठमाडौँदेखि धरान, पोखरा, नेपालगञ्जजस्ता मुख्य सहरमा चहलपहल घट्दो क्रममा छ भने पहाड र तराईका गाउँबस्तीहरूमा मानिसहरूको भीड बढेको देखिन्छ ।
महाअष्टमीसम्म आइपुग्दा विभिन्न बसपार्क, चोक र मुख्य नाकामा यात्रुको चाप उच्च देखिएको छ । सार्वजनिक यातायातका अधिकांश सिटहरू भरिएका छन् भने टिकट काट्न लाइन लाग्ने अवस्था पनि सिर्जना भएको छ । घटस्थापनाको दिनदेखि नै गाउँ फर्किनेहरूको संख्यामा वृद्धि हुँदै आएको छ ।
बुटवल क्षेत्रबाट गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, स्याङ्जालगायत पहाडी जिल्लामा यात्रुहरूको भीड अत्यधिक बढेको छ । पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलका अनुसार लामो, मध्यम र छोटो दूरीका लागि थप बसहरू सञ्चालनमा ल्याइएको छ । हाल बुटवलबाट मात्र दैनिक करिब ६ सय लामो दूरीका बसहरू पूर्ण क्षमतामा छुटिरहेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार यात्रुको चापसँगै सवारीसाधनको संख्या पनि बढेको छ । विभिन्न नाकामा हेल्प डेस्क स्थापना गरी यात्रु सहजीकरणका उपाय गरिएको छ ।
दसैँका लागि मात्र नभई विदेश वा अन्य सहरमा व्यापार, पढाइ र रोजगारीका क्रममा रहेका मानिस घर फर्किएसँगै ग्रामीण क्षेत्रहरू चहलपहलयुक्त भएका हुन् । नेपालगञ्ज, जनकपुर, धरानदेखि पोखरासम्मका सहरी बजार सुनसान देखिँदै गर्दा गाउँघरमा भने परिवारभेटको उत्साह छाएको छ ।
विशेषगरी भारत तथा तेस्रो मुलुकबाट फर्किएका नेपालीहरू पनि आफ्ना गाउँघर पुगेपछि अहिले देशका अधिकांश गाउँहरू रौनकमा देखिएका छन् । टिकाको दिन नजिकिँदै जाँदा यात्रुको चाप अझै बढ्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: