Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

दसैँमा सहर सुनसान, गाउँमा चहलपहल

खबरडबली संवाददाता

काठमाडौँ । बडादसैं सुरु भएसँगै देशका सहरी क्षेत्रहरू करिब सुनसानजस्तै बन्दै गएका छन् भने ग्रामीण क्षेत्रहरू केही समयका लागि गुल्जार भएका छन् । राजधानी काठमाडौँदेखि धरान, पोखरा, नेपालगञ्जजस्ता मुख्य सहरमा चहलपहल घट्दो क्रममा छ भने पहाड र तराईका गाउँबस्तीहरूमा मानिसहरूको भीड बढेको देखिन्छ ।

महाअष्टमीसम्म आइपुग्दा विभिन्न बसपार्क, चोक र मुख्य नाकामा यात्रुको चाप उच्च देखिएको छ । सार्वजनिक यातायातका अधिकांश सिटहरू भरिएका छन् भने टिकट काट्न लाइन लाग्ने अवस्था पनि सिर्जना भएको छ । घटस्थापनाको दिनदेखि नै गाउँ फर्किनेहरूको संख्यामा वृद्धि हुँदै आएको छ ।

बुटवल क्षेत्रबाट गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, स्याङ्जालगायत पहाडी जिल्लामा यात्रुहरूको भीड अत्यधिक बढेको छ । पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेलका अनुसार लामो, मध्यम र छोटो दूरीका लागि थप बसहरू सञ्चालनमा ल्याइएको छ । हाल बुटवलबाट मात्र दैनिक करिब ६ सय लामो दूरीका बसहरू पूर्ण क्षमतामा छुटिरहेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार यात्रुको चापसँगै सवारीसाधनको संख्या पनि बढेको छ । विभिन्न नाकामा हेल्प डेस्क स्थापना गरी यात्रु सहजीकरणका उपाय गरिएको छ ।

दसैँका लागि मात्र नभई विदेश वा अन्य सहरमा व्यापार, पढाइ र रोजगारीका क्रममा रहेका मानिस घर फर्किएसँगै ग्रामीण क्षेत्रहरू चहलपहलयुक्त भएका हुन् । नेपालगञ्ज, जनकपुर, धरानदेखि पोखरासम्मका सहरी बजार सुनसान देखिँदै गर्दा गाउँघरमा भने परिवारभेटको उत्साह छाएको छ ।

विशेषगरी भारत तथा तेस्रो मुलुकबाट फर्किएका नेपालीहरू पनि आफ्ना गाउँघर पुगेपछि अहिले देशका अधिकांश गाउँहरू रौनकमा देखिएका छन् । टिकाको दिन नजिकिँदै जाँदा यात्रुको चाप अझै बढ्ने अनुमान गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending