Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

देशभर सडक विस्तार भएपनि यात्रुलाई सँधै सास्ती

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो सात दशकमा सडक निर्माणमा उल्लेख्य वृद्धि भएको छ । सडक विभागका तथ्यांकअनुसार राणा शासनको अन्त्यसम्म देशभर ३७६ किलोमिटर सडक मात्र थियो, जसमा ५ किलोमिटर कालोपत्रे, ८३ किलोमिटर ग्राभेल र बाँकी माटे सडक थियो । अहिले १६औँ आवधिक योजनाअनुसार मुलुकभर सडकको लम्बाइ १ लाख किलोमिटर नाघिसकेको छ ।

तर सडकको विस्तारले अपेक्षित सहजता भने दिन सकेको छैन । यात्रु अझै सास्ती भोगिरहेका छन् । हालसालै मुग्लिन–नारायणगढ सडक खण्डमा लगातार पहिरो खस्दा यात्रु अलपत्र परेका छन् । दशैंको भीडमा यात्रुहरू दिनदिनै लामो जाममा अल्झिन बाध्य भएका छन् ।

पूर्वाधारविद् आशिष गजुरेलका अनुसार ‘स्तरीय सडकभन्दा धेरै सडक’ निर्माणको नारा प्रजातन्त्र पुनर्स्थापनापछि झन् प्रबल भएको र यसले यातायात प्रणालीलाई अव्यवस्थित बनाएको छ । उनका अनुसार भूगर्भीय अध्ययन नगरी सडक खन्ने, चौडा गर्ने र पिच गर्ने प्रवृत्तिले जोखिम झनै बढाएको छ ।

नेपालमा स्तरीय सडक निर्माणमा सबैभन्दा बढी लगानी विपी राजमार्गमा भएको छ, जहाँ रिटेन्सन वाल र स्लोप प्रोटेक्सन जस्ता संरचना बनाइएका छन् । तर यात्रु र मालवाहक दुवैका लागि महत्त्वपूर्ण नारायणगढ–मुग्लिन–काठमाडौं खण्डमा भने यस्तो लगानी न्यून रहँदा निरन्तर सास्ती बढेको देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending