सिन्धुपाल्चोक । दसैं नजिकिँदै गर्दा उत्तरी नाका तातोपानीमा व्यापारीहरूले लक्षित सामान समयमा भित्र्याउन समस्या भोगिरहेका छन् ।
सडक केही दिनअघि मात्र खुल्दा चीनले कन्टेनर कम पठाउन थालेपछि व्यवसायीहरू तनावमा परेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार चीनको न्यालम, खासा र लिपिङ पारी झाङ्मु बजारमा झन्डै एक हजार कन्टेनर नेपाल भित्रिन सकेका छैनन् ।
बस्नेतले बताएअनुसार, यसअघि दैनिक १८–२५ कन्टेनर भित्रिन्थ्यो भने अहिले दसैंको मुखमा झन्डै ६–१० कन्टेनर मात्रै पठाइरहेको छ । “लामो समय सडक अवरुद्ध भएपछि समयमा सामान ल्याउन नसकेर व्यवसायी घाटामा पर्ने अवस्था छ,” उनले भने ।
व्यवसायीहरूका अनुसार चीनले पार्किङ र मालवाहक रुट प्रोटोकल जस्ता कारण देखाउँदै कन्टेनर कम पठाइरहेको छ । यसअघि कोदारी राजमार्गमा पहिरोले लामो समय अवरुद्ध भएको थियो भने भदौ ४–७ गते सडक चल्तीमा आएपनि फेरि केही दिनपछि बन्द भएको थियो ।
हाल चीनको ल्हासा, सिगात्से, न्यालममा पाँच सय कन्टेनर महँगो गोदाम पार्किङमा रोकिएका छन् भने केरुङमा चार सय कन्टेनर थन्किएका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार, गत साउन १७ मा अधिकांश फलफूलका कन्टेनर भन्सार यार्ड प्रवेश गरेका थिए ।
व्यवसायी शारदाप्रसाद पराजुलीले बताएअनुसार, आफ्नो पाँच कन्टेनरमा फलफूल कुहिन पुगेको छ, जसमा आँप र ड्रागन फ्रुट परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: