काठमाडौं । दसैंको अवसरमा गाउँघर पुग्ने यात्रुको चाप बढेसँगै आन्तरिक हवाई टिकट पाउन कठिनाइ भैरहेको छ। अधिकांश गन्तव्यका टिकट एक महिनाअघि नै बुक भइसकेको हुन्छ। सहुलियतदरका टिकट त परैको कुरा, महँगो टिकट पनि सीमित मात्रामा मात्रै पाइन्छ।
काठमाडौँ–धनगढीको टिकट रु १७ हजारसम्म पुगेको छ भने काठमाडौँ–विराटनगरको टिकट रु ९ हजार ७०० सम्म छ। टिकट खोज्न धाएर पनि यात्रुले महँगो दरमा मात्र पाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार एयरलाइन्सले निर्धारित अधिकतम भाडा भन्दा बढी लिन नपाउने व्यवस्था छ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, हवाई भाडा जहाजको क्षमता, इन्धन, विमानस्थल शुल्क र करको आधारमा निर्धारण हुन्छ। दसैंमा सिट सीमित, उडान चाप बढी र इन्धन महँगो भएकाले भाडा बढेको हो।
बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले तोकिएको अधिकतम भाडा भन्दा बढी नलिएको दाबी गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, घटस्थापनादेखि विजयादशमीसम्म आन्तरिक उडानमा दैनिक १६० र अन्तर्राष्ट्रियमा १२० हाराहारी उडान भइरहेको छ।
क्यानले एयरलाइन्सलाई लगातार निर्देशन दिँदै आएको भए पनि यात्रुको उच्च चाप, सीमित सिट र इन्धन मूल्य महँगो भएकाले हवाई भाडा सस्तो बनाउने चुनौती छ। अधिकारीहरूले भने, “इन्धन र करमा सहुलियत, एकल भाडा प्रणाली लागू गरे मात्र भाडा कम गर्न सम्भव छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: