बनेपा । बीपी राजमार्ग फेरि एकपटक असुरक्षाको चिन्तामा परेको छ। गत वर्षको असोज महिनामा आएको बाढी, पहिरो र लगातार वर्षाले यो राजमार्गलाई ठप्प बनाएको स्मृति अझै ताजा छ। अझै पनि कतिपय स्थानमा पुनर्निर्माणका काम अधुरै छन्। यही कारण यो वर्ष पनि असोजको मनसुन सक्रिय हुने खबरसँगै स्थानीय प्रशासन सतर्क भएको छ।
काभ्रेपलाञ्चोक जिल्लास्थित जिल्ला प्रशासन कार्यालयले असोज १६ गतेदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको छ। साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन चलाउन पाइने छैन। केवल एम्बुलेन्स र अत्यावश्यक सेवाका गाडी मात्र अपवाद हुनेछन्। प्रशासनले स्पष्ट पारेको छ—जनताको ज्यानभन्दा ठूलो केही छैन, त्यसैले असुविधा भए पनि जोखिम कम गर्नैपर्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक काभ्रेलगायत मध्यपहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना औंल्याएको थियो। विशेषगरी रोशी खोला र आसपासका खहरे खोला उफ्रन सक्ने खतरा उच्च छ। यही चेतावनीपछि जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरणका लागि यो कदम चालेको हो। अब रातिको समयमा यात्रा गर्न नपाउने मात्र होइन, दिनको समयमा पनि खतरा देखिए प्रहरी र ट्राफिकले सवारी रोक्न सक्नेछन्।
यसबीच यात्रु र स्थानीय बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरिएको छ। विज्ञप्तिमार्फत प्रशासनले आवश्यक नभई बाहिर ननिस्कन, विशेष गरी टाढाको यात्रा नगर्न र पहिरोको सम्भावना रहेका स्थान तथा नदी किनारका बस्तीमा अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेको छ।
बीपी राजमार्ग केवल सडक मात्र होइन, पूर्व र मध्य नेपाल जोड्ने जीवनरेखा हो। यो अवरुद्ध हुँदा हजारौँ मानिसको आवागमन रोकिन्छ, व्यापार–व्यवसाय ठप्प हुन्छ, र अस्पताल पुग्नुपर्ने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ। त्यसैले यस राजमार्गमा हुने सानो अवरोधले पनि ठूलो असर पार्छ। गत वर्ष असोज ११ र १२ गतेको पानीले देखाएको दृष्य अझै पनि त्रासको रूपमा बाँकी छ—ध्वस्त सडक, बिग्रिएका पुल र बन्द भएको यातायात।
यसपटक त्यस्तो अवस्था नदोहो¥याउने लक्ष्यसहित प्रशासन मात्र होइन, सडक विभागका आयोजनाहरू पनि तयारी अवस्थामा राखिएका छन्। डोजर, लोडर, एस्काभेटरजस्ता मेसिनहरू तुरून्त परिचालन गर्न सक्ने गरी तयार राखिएका छन्। कुनै क्षति भए तत्कालै मर्मत सुरु गर्ने र सडक खुलाउने रणनीति बनाइएको छ।
यात्रुका लागि यो निर्णय असुविधाजनक लाग्न सक्छ। तर, जोखिमपूर्ण यात्राभन्दा केही दिन धैर्य धारण गर्नु उपयुक्त देखिन्छ। आखिर, वर्षा थामिएपछि फेरि राजमार्ग चलायमान हुनेछ, सवारी साधन दौडनेछन्, तर ज्यान गुमाएपछि भने फर्काउन सकिँदैन। त्यसैले यो रोकलाई ‘प्रतिबन्ध’ भन्दा पनि ‘सुरक्षाका लागि ब्रेक’ को रूपमा लिनु बुद्धिमानी हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: