नेपालगन्ज । धार्मिक र सामाजिक सद्भावको प्रतीकका रूपमा चिनिने नेपालगन्जमा यस वर्षको बडा दसैं पनि आपसी एकता र सहिष्णुताको उदाहरण बनेको छ। बिहीबार शुभसाइतमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा ग्रहण गर्दै दसैं मनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायसँगको यो परम्परा केवल पर्वसम्म सीमित नभई आपसी सम्बन्ध र भाइचाराको अभूतपूर्व उदाहरण भएको बताउनुभयो। उहाँले दसैं, ईद, तिहार, बकराईद, होली, मोहम्मद डे, रक्षाबन्धन, दीपावलीजस्ता पर्व सधैँ मिलेर मनाउने चलन रहेको पनि उल्लेख गरे।
सिनियर समाजसेवी प्रवेजअलि सिद्दिकीले आफन्त र मान्यजनबाट टीका ग्रहण गर्दै सानालाई टीका लगाइदिएका छन् । यस अवसरमा मुस्लिम अगुवा राज खान र साकिर खानले पनि टीका–जमरा थाप्दै आशीर्वाद ग्रहण गरेका थिए। सामाजिक अगुवा नमस्कार शाहले नेपालगन्जमा समुदायले एक-अर्काका पर्वमा सहभागी हुने परम्परा प्रशंसनीय रहेको बताएका छन्।
यसरी, मुस्लिम र हिन्दु समुदायको आपसी सद्भाव र सहअस्तित्वले नेपालगन्जलाई सामाजिक नमूना शहर बनाएको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - २१:४४
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...
पौष २८ गते, २०८२ - २१:२६
मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न
पौष २८ गते, २०८२ - २१:२५
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...
पौष २८ गते, २०८२ - २१:१९
ललितपुर । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...
पौष २८ गते, २०८२ - २१:०६
काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...
पौष २८ गते, २०८२ - २०:४०
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...
पौष २८ गते, २०८२ - २०:३३
‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’
पौष २८ गते, २०८२ - २०:३०
काठमाडौं । गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’




प्रतिकृया लेख्नुहोस्: