Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

धनकुटाका आठपहरियाहरू: दसैं नमनाउने इतिहास र परम्परा

खबरडबली संवाददाता

धनकुटा । आज बडा दसैंको दशौं दिन अर्थात् विजया दशमी। देशभरि नेपालीहरूले टीका–जमरा लिएर आशीर्वाद लिइरहेका छन्, घर–घरमा हर्ष उल्लासको माहोल छ । तर धनकुटामा बसोबास गर्ने आठपहरिया समुदायले दशैं मनाउने चलन कहिल्यै राखेका छैनन्।

यस रहस्यको जरा करिब एक शताब्दी पुरानो इतिहाससँग जोडिएको छ। १९३३ सालमा जंगबहादुर राणाको शासनकालमा रामलिहाङ र रिदामा नामका दुई आठपहरिया पुजारीहरूले सरकारी आदेशको अवज्ञा गर्दै दसैं नमनाएको आरोपमा धनकुटामा झुण्ड्याएर मारिएकाे थियाे । यो घटनाले समुदायमा दसैंलाई “लादिएको पर्व”को रूपमा स्थापित गरिदियो । त्यसैले आजसम्म आठपहरियाहरूले दसैं नमनाउने परम्परा कायम राखेका छन्।

धनकुटा नगरपालिकाको चुलीवन क्षेत्रमा झुण्ड्याएर मारिएको ठाउँले “झुण्डगाउँ” नाम पाएको छ। आठपहरिया समाजका नेताहरूका अनुसार रामलिहाङ र रिदामा केवल काल्पनिक पात्र होइनन्; उनीहरू साँच्चिकै साँस्कृतिक सहिद थिए। दसैं नमनाउने परम्परा इतिहाससँग मात्र सीमित छैन, यो उनीहरूको पहिचान, सम्मान र परम्परासँग गहिरो सम्बन्ध राख्छ।

आठपहरियाहरूका आफ्नै चाडपर्व छन् । वडाङ्मेट चाड करिब एक महिनासम्म मनाइन्छ र वैशाख, भदौरे, मंसिरे पूर्णिमा जस्ता पर्वहरू समुदाय भब्यतापूर्वक मनाउँछन् । संघीयतापछि चुलीवनमा रामलिहाङ–रिदामाको स्मृति पार्क घोषणा भइसकेको छ।

धनकुटामा बस्ने करिब ८ हजार आठपहरियाहरू आफ्नो भाषा, संस्कृतिलाई जोगाउँदै, परम्परा र इतिहासलाई अगाडि बढाउँदै आएका छन् । उनीहरूको दशैं नमनाउने परम्परा केवल विरोधको संकेत होइन, बरु यो साहस, सम्झना र पहिचानको अभिव्यक्ति हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्वालटारको प्रतीक्षालयमा ८० वर्षीय वृद्ध मृत फेला

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...

सरकार बनेको डेढ महिना, बजेट खर्च ३ प्रतिशत पनि नाघेन

मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न

समानुपातिक सूचीमा असन्तुष्टि उत्कर्षमा : उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...

तीन तोलाको औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या, २३ वर्षीय सदधाम मन्सुर पक्राउ

ललितपुर  । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...

निर्वाचन बहिष्कारको दबाब बढ्दै : भोलि उपत्यका बन्द, जुलुसकै दिन तीन दर्जन पक्राउ

काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक : प्रेम, धोका र पीडाको मर्मस्पर्शी कथा

काठमाडौँ  । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...

कांग्रेसमा एकता कायम गर्न देउवाको वार्ता प्रयास

‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’

मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका तीन नयाँ गीत

काठमाडौं ।  गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...

दबाब र विवादबीच कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति बैठक

‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’

पार्टी एकताको संदेश: रामहरि खतिवडाद्वारा कांग्रेसभित्र विभाजन रोक्न अपिल

‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending