Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कोशी ब्यारेजको ५२ मध्ये ५० ढोका खोलियो

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाब यस वर्षकै उच्च स्तरमा पुगेको छ। कोशी ब्यारेजमा गरिएको पछिल्लो मापन अनुसार आइतबार बिहान ८ बजेको अवस्थासम्म प्रति सेकेन्ड ३ लाख ३५ हजार ३६० क्यूसेक पानी बगिरहेको छ।

नेपाल–भारत सिमानास्थित कोशी ब्यारेजमा अहिले ५० वटा ढोका खोलिएका छन्। पानीको सतह लगातार बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशीमा पानीको बहाब बढेपनि हालसम्म नदी कटान वा ठूला क्षतिको समाचार भने आएको छैन। “अहिले नदीको बहाब तीव्र गतिमा बढिरहेको छ, तर कटानको जोखिम भने तत्काल देखिएको छैन,” प्रहरीका एक अधिकारीले जानकारी दिए।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनदेखि पूर्वी पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेकाले कोशीमा पानीको मात्रा असामान्य रूपमा बढेको हो।

ब्यारेज नजिकैका बस्ती — श्रीपुर, हरिपुर, लौकही, र कर्जन्हा — का बासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरिएको छ। प्रशासनका अनुसार यदि वर्षा यही दरमा जारी रहेमा ब्यारेजका सबै ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्वालटारको प्रतीक्षालयमा ८० वर्षीय वृद्ध मृत फेला

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...

सरकार बनेको डेढ महिना, बजेट खर्च ३ प्रतिशत पनि नाघेन

मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न

समानुपातिक सूचीमा असन्तुष्टि उत्कर्षमा : उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ नाघ्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...

तीन तोलाको औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या, २३ वर्षीय सदधाम मन्सुर पक्राउ

ललितपुर  । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...

निर्वाचन बहिष्कारको दबाब बढ्दै : भोलि उपत्यका बन्द, जुलुसकै दिन तीन दर्जन पक्राउ

काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक : प्रेम, धोका र पीडाको मर्मस्पर्शी कथा

काठमाडौँ  । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...

कांग्रेसमा एकता कायम गर्न देउवाको वार्ता प्रयास

‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’

मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका तीन नयाँ गीत

काठमाडौं ।  गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...

दबाब र विवादबीच कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति बैठक

‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’

पार्टी एकताको संदेश: रामहरि खतिवडाद्वारा कांग्रेसभित्र विभाजन रोक्न अपिल

‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending