Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

कञ्चनपुर कारागारबाट फरार ११६ कैदी सम्पर्कमा आएनन्

खबरडबली संवाददाता

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।

फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट  फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । 

यस अघिसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो ।

“सूचना प्रकासित भएपछि केही कैदी तथा थुनुवाहरु सम्पर्कमा आए” कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले भने, “अझै केही कैदी तथा थुनुवा सम्पर्कमा आएका छैनन् ।” 

उनका अनुसार निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने छ । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन अनुसार कारबाही हुने उनले बताए। 

फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाइ दिनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ । 

कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए । ती मध्ये अझै एक सय १६ जना कैदी तथा थुनुवा फरार रहेका छन् । फरार कैदी तथा थुनुवा केही आफैँ कारागारमा फर्किका हुन भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending