Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

खबरडबली संवाददाता

काठमाडौँ। केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुन: सामान्य बन्दै गएको छ । 

अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमश: सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुन: बढेको छ ।

शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए। उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा  गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।”

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए।

वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।

वर्षाका कारण जनजीवन असामान्य भएको काठमाडौँमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताइन्। उनले भनिन्, “शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।”

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भूभागका स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।  

आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार न...

एसईईको नतिजा वैशाख २९ भित्र सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ। परीक्षा नियन्त...

पर्यटन र सञ्चारमन्त्रीले बजेटबारे रास्वपाका सांसदसँग छलफल गर्ने

काठमाडौं। पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज राष्ट्रिय स्वतन्त्र पार्टीक...

स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप्ने प्रस्ताव स्वीकृत

काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ। स्वास्थ्य मन्त्री निशा...

बाँकेमा १३ सय २६ नयाँ मतदाता थपिए

नेपालगन्ज। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पुन: सुरु गरिएको मतदाता नामावली दर्ता कार्य निरन्तर जारी रहेको छ । सो क्रममा हालसम्म बाँके जिल्लामा ...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवस...

संकटमा निराशा होइन, पुनर्गठन आवश्यक: शङ्कर पोखरेल

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरता भएको बताएका छन्। भारतमा हालै सम्पन्न विधानसभा निर्वा...

बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुल्यो

काभ्रेपलाञ्चोक। बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार  बिहानदेखि सवारी आवागमन खुलेको हो । ...

राष्ट्रिय गौरवका आयोजना तीन वर्षमा सक्न सुधार आवश्यक : न्यौपाने

तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending