काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अमेरिका टुरमा छन् । ‘छक्कापञ्जा कमेडी टुर’ लिएर केही दिन अघि अमेरिका पुगेका उनीहरुले शनिबार टेक्सासमा आयोजित एक कार्यक्रमका बिच ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ टेक्सासको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा उनीहरुलाई कलाकार महादेव त्रिपाटीले साथ दिएका थिए । उद्घाटनापछि कलाकार दिपक दिपाले आफ्नो हेयर कटिङ तथा कलरिङ समेत गरेका थिए । सैलूनलाई सुरेन्द्र ठाकुरले संचालनमा ल्याएका हुन् ।
उद्घाटनपछि कलाकार गिरी हेयर मानिसको ब्यक्तित्वसँग जोडीने भएकोले सबैले यसमा ध्यान दिनुपर्ने बताए । नेपाली सैलून ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ले अमेरिकाको बिभिन्न स्थानमा आफ्नो शाखा बिस्तार गर्दै सेवा प्रदान गरेको देख्दा खुसी लागेको बताएका उनले सबै ब्यक्तिले आफ्नो हेरमा बिशेष ध्यान दिनुपर्ने धारणा राखे ।
त्यस्तै अभिनेत्री दीपाश्रीले सैलूनबाट प्रदान हुने गुणस्तिरिय सेवाका कारण आफुलाई यसमा विश्वास लागेको बताइन् । उनले ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’को लाभ अमेरिका निवासी नेपाली कलाकार, नेपालीहरुले लाभ लिनुपर्ने धारणा राखिन् ।
सुरुमा ललितपुरको कुमारीपार्टीमा संचालनमा आएको यो सैलूनको पहिलो शाखा काठमाडाैंको सुन्धारास्थित सिभिल महलमा संचालनमा आएको थियो । त्यसपछि अमेरिकाको टेक्सासमा शाखा बिस्तार गरेको सैलूनको अमेरिकाको उद्घाटन भएको दोस्रो ब्रान्च हो ।
सुरेन्द्र २५ बर्षदेखि यो पेसामा आवद्ध छन् । महिला तथा पुरुषको कपाल काट्नुको अलवा कलरिङ र मसाजमा समेत सक्रिय सुरेन्द्रलाई उनकी श्रीमती सुनिता ठाकुरले साथ दिदै आएकी छन् । सैलूनको अमेरिकामा खुलेको पहिलो शाखाको उद्घाटन अभिनेता राजेश हमालले गरेका थिए । उद्घाटनको सम्पुर्ण ब्यवस्थापन कलाकार त्रिपाटीले नै गरेका थिए ।
दिपक दिपाले ‘छक्कापञ्जा कमेडी टुर’ अन्तर्गत पहिलो हालै प्रस्तुति टेक्सासनमा आयोजित ‘मम फेसिटभल २०२५— दसैँ तिहारमेला’मा दिएका थिए । जसमा उनीहरुको साथमा हास्यकलाकार जीतु नेपालको कमेडीको अलवा गायक गायिका प्रेमराजा महत, अस्मिता अधिकारी, महेश काफ्ले लगायतको सांगीतिक प्रस्तुति रहेको थियो । उनीहरुको अमेरिकामा अझै केही प्रस्तु्ति रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - २१:१३
काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...
बैशाख ११ गते, २०८३ - २१:०६
काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...
बैशाख ११ गते, २०८३ - २१:०४
काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...
बैशाख ११ गते, २०८३ - १९:२५
काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...
बैशाख ११ गते, २०८३ - १९:०८
पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...
बैशाख ११ गते, २०८३ - १९:०३
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...
बैशाख ११ गते, २०८३ - १८:५८
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...
बैशाख ११ गते, २०८३ - १८:५६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...
बैशाख ११ गते, २०८३ - १८:५३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर...
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...


प्रतिकृया लेख्नुहोस्: