Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

सुरुमा गोली चलाउने प्रहरी, क्रमश: माथिल्लो ओहदाका हुँदै तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँग बयानको तयारी

खबरडबली संवाददाता

काठमाडौँ । जेन–जी आन्दोलनमा भएको दमन र विध्वंस घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले गत २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि भएको दमनमा केन्द्रित भई छानबिन र चरणबद्ध बयान अघि बढाउने भएको छ । 

प्रारम्भिक चरणमा गोली चलाउने प्रहरीको हुँदै माथिल्लो ओहदामा रहेका अधिकारीहरूको बयान लिने आयोगको तयारी छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई तीन महिनाभत्र काम सक्ने जिम्मेवारी छ ।

आयोगका एक पदाधिकारीका अनुसार सुरुमा फिल्डमा खटिएका प्रहरी तथा उनीहरूका कमान्डरको बयान लिइनेछ । त्यसपछि क्रमश: सिडिओ, आइजिपी, गृहसचिव, तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने प्रक्रिया अगाडि बढाइने ती पदाधिकारीले बताए । ‘२३ गते बानेश्वरमा किन बढी बल प्रयोग भयो भनेर पत्ता लगाउनु हाम्रो मुख्य दायित्व हो,’ आयोगका ती पदाधिकारी भन्छन्, ‘जसकारण पहिला फिल्डका प्रहरी हुँदै माथिल्लो तहसम्म बयान लिएर वास्तविकता पत्ता लगाउँछौँ ।’

बयानका लागि आयोगले सरकारसँग थप जनशक्ति माग गरेको छ । विशेषज्ञ र आवश्यक जनशक्ति प्राप्त हुनासाथ छानबिनको काम तीव्र पार्ने आयोगको तयारी छ । सरकारले हाल आयोगमा सहसचिवसहित सात कर्मचारी खटाएको छ ।

आयोगका अध्यक्ष कार्की कार्यादेशअनुसार अब छानबिनको कामलाई तीव्रता दिइने बताउँछन् । ‘विशेषज्ञ र थप जनशक्ति उपलब्ध भएसँगै छानबिनको कामले तीव्रता पाउँछ,’ उनी भन्छन्, ‘छानबिनका प्रक्रिया धेरै बाहिर ल्याउन मिल्दैन, हामीले काम गरिरहेका छौँ ।’

आयोगलाई सरकारले मानवीय तथा भौतिक क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश दिएको छ । गत ६ असोजदेखि काम सुरु गरेको आयोगलाई तीन महिनाको समय दिइएको छ ।

आन्दोलनका पीडित पक्ष तथा जेन–जी अगुवाहरूले आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाहीका लागि निरन्तर दबाब दिइरहेका छन् । तर, गृह मन्त्रालयका अधिकारीहरूले आयोगकै सिफारिसअनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

आयोगले यसअघि नै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजाललाई विदेश जान रोक लगाउने निर्णय गरेको थियो । सोधपुछका लागि जुनसुकै वेला बोलाउनुपर्ने भएकाले उपत्यकाबाहिर जानसमेत अनुमति लिन भनिएको छ । फिल्डमा खटिएका प्रहरी र उनीहरूको कमान्डको विवरण यही साता माग्ने आयोगको तयारी छ ।

आयोगको कार्यालय हाल बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागमा रहेकोमा ठाउँ नपुग्ने भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुरानो भवनमा सार्न लागिएको छ । आन्दोलनको क्रममा जलेको सो भवनका कतिपय कोठाहरू प्रयोग गर्न सकिने भएकाले आयोगको कार्यालय त्यहाँ सार्न लागिएको हो । आयोगमा १० जना प्रहरी कर्मचारीसमेत माग गरिएको छ ।

आयोगको सदस्यमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगलाई २३ र २४ गते भएको प्रदर्शनमा भएको क्षतिको विस्तृत छानबिन गर्ने जिम्मेवारी दिइएको छ । आयोगको प्रतिवेदन आएपछि मात्र तोडफोड तथा क्षतिको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । यो समाचार आजकोे नयाँ पत्रिका दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending