Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा कठिनाइ भएको छ ।

जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका छन् । केही गाउँपालिकाले भने सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउन थालेका छन् ।

बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाँडापारी) का दुई गाउँपालिका जाने सडक पूर्णरुपमा बन्द छन् । विशेषगरी त्यस क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिन जति लाग्नसक्ने स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् ।

महाभारतमा सडक, विद्युत् र सञ्चार–सम्पर्कबाट विच्छेद भएको छ । सडक अवरुद्ध भएका कारण महाभारत जाने कुनै वैकल्पिक सडक नभएको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक विभिन्न ठाउँमा अवरुद्ध भएको छ । 

‘यी सबै क्षतिग्रस्त सडक बनाउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ, विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुवै सेवालाई कसरी सुरु गर्ने भन्ने तत्कालै योजना बनाइरहेका छौं’, जिम्बाले भने । उनका अनुसार मुख्य बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी खण्डका सडक सबै अवरुद्ध छन् ।

यस्तै डाँडापारी अवस्थित गाउँपालिका खानीखोला जाने सबै सडक अवरुद्ध भएकाले मर्मत गरी खुलाउन केही समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सोमबारदेखि सडक खुलाउन मेसिन प्रयोग भइसकेको छ । ‘सडक अवरुद्ध भएकाले इन्धन व्यवस्थापनमा समस्या भएको छ, हामी प्रयास गर्दैछौं’, थिङले भने । एक–दुई दिनमै विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाएको उनले जानकारी दिए ।

रोशीको सडकअन्तर्गत बिपी विभिन्न स्थानमा अस्थायी डाइभर्सन कटान गरेपछि विभिन्न वडा जाने सडक अवरुद्ध छ । चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार रोशीमा विद्युत् सेवा आंशिक रुपमा अबवरुद्ध भएकाले तत्काल पूर्णरुपमा सेवा नियमित गर्ने प्रयास भइरहेको छ ।

यसैगरी बेथानचोकमा अबरुद्ध सडक खुलाउन आइतबारदेखि जनप्रतिनिधिहरु सक्रिय भएका छन् । अबरुद्ध मुख्य सडकलाई खुलाउन प्राथमिकता दिइएको जनाइएको छ । गाउँपालिका कार्यालयबाट अन्य वडा जोडिने सडकलाई खुलाउन आवश्यक मेसिनहरु प्रयोग भइरहेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । जिल्लामा बाढीपहिरोले दुईको मृत्यु भएको छ भने पूर्वाधारका क्षेत्रलगायत निजी भौतिक संरचनामा निकै ठूलो क्षति भएको जनाइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending