Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न मन्त्री घिसिङको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेको छन्।

काठमाडौँको स्युचाटारस्थित केन्द्रको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात र बाढी–पहिरोबाट क्षति भएका आयोजनाहरूका बारेमा जानकारी लिएको थिए।

देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गुनासो बढ्दै गएको उल्लेख गर्दै उनले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधार आवश्यक रहेको बताए।

मन्त्री घिसिङले बाढी र पहिरोले क्षति पुर्‍याएका संरचनाको तत्काल मर्मत गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिए। उनले भोल्टेज उतारचढाव र वत्ति जाने समस्या समाधानलाई उच्च प्राथमिकतामा राखी, मातहतका कार्यालयहरूलाई तयारी अवस्थामा रहन आग्रह गरे।

उनले विद्युतगृह, प्रसारण लाइन र सबस्टेसनहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा विशेष ध्यान दिन र आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा अग्रिम तयारी गर्न निर्देशन दिए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दनकुमार घोषले अनुगमन टोलीलाई देशव्यापी विद्युत् आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था र चुनौतीबारे जानकारी गराएको थिए। 

कार्यकारी निर्देशक सिलवालले बाढी–पहिरोले क्षति पुर्‍याएका संरचनाको मर्मत गरी सेवा पुन: सञ्चालनका लागि टोलीहरू पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

सरकारी बैंकका सञ्चालकहरूले सामूहिक राजीनामा

काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक र कृषि...

बुटवलमा भूमिहीनको प्रदर्शन, विकल्पसहित व्यवस्थापनको माग

बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले विकल्पबिना बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन स...

जबर्जस्ती करणी आरोपमा बहालवाला वडाध्यक्ष पक्राउ

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्ल...

मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइयो, कानूनी उपचार खोज्ने छु: रास्वपा सांसद खरेल

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफ्नोविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालम...

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौस...

सर्लाहीमा बस र मोटसाइकल जुध्दा चालकको मृत्यु

सर्लाही। बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खीला गाउँनजिक बिहीबार बस र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ ।  दुर्...

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन लोकसेवा आयोगका अध्यक्ष...

जमलमा एसएलआरका ६ राउन्ड जिउँदो गोली फेला, अनुसन्धान जारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा एसएलआर बन्दुकका ६ राउन्ड जिउँदो गोली फेला परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending