Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

ठूलो आत्मविश्वाससहित विश्वकप छनोट प्रतियोगितामा कुवेतविरुद्ध उभिँदै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट प्रयासमा छ।

ओमानमा बुधवारदेखि सुरु हुन लागेको छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुवेतसँग आफ्नो पहिलो खेल खेल्ने छ।

गत वर्ष संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्वकपमा नेपाली खेलाडीहरूले गरेको प्रभावशाली प्रदर्शन र त्यसमा नेपाली समर्थकहरूले दिएको साथले विश्वव्यापी चर्चा पाएको थियो।

नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा देखाउँदै आएको प्रतिभा र हात पारेको परिणामका आधारमा नेपालले विश्वकपमा सहभागी हुने अवसर पाउने ठानिएको छ। विश्वकपमा २० राष्ट्र सहभागी हुने छन्।

केही साताअघि नेपाल टेस्ट क्रिकेट खेल्ने टोली टेस्ट इन्डिजसँगको भएको तीन खेलको शृङ्खलामा २-१ले विजञि भएको थियो।

नेपालको लक्ष्य

नेपाली टोलीको यसपालिको लक्ष्य फेरि २० ओभरको विश्वकप खेल्नु हो।

ओमानमा हुने विश्वकपको एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटमा नौ टोलीबीच प्रतिस्पर्धा हुने छ।

छनोट खेलमा सहभागी हुन ओमान जानुअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीको आत्मविश्वास व्यक्त गर्दै भनेका थिए, "विगतमा जस्तो हामी विश्वकप खेल्न १० वर्ष लगाउँदैनौँ। हाम्रो लक्ष्य विश्वकपमा लगातार छनोट हुनु हो।"

प्रतिस्पर्धा कोसँग

गत चैत्रमा हङ्‌कङमा सम्पन्न चारदेशीय टी-२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग तीन रनले पराजित हुन पुगेको थियो।

पछिल्लो समय कुवेती टोली पनि कमजोर देखिएको छैन। विश्वकप छनोट खेल्नुअघि ओमनमा खेलिएका दुई अभ्यास खेलमा पनि कुवेत विजयी भयो।

छनोट खेलहरूमा नेपालको प्रतिस्पर्धा यूएई, ओमान, मलेशिया र पपुवा न्यूगिनी हुने छ।

"कुनै पनि टोलीलाई कमजोर आँक्ने कुरा हुँदैन। हामी सतर्क छौँ," नेपाली टोलीका महत्त्वपूर्ण खेलाडी सोमपाल कामी भन्छन्।

तीन टोलीलाई अवसर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यसपालि छनोट शैली परिवर्तन गर्दै पूर्वी एशिया र एशियालाई एउटै छनोट प्रतियोगितामा राखेको छ।

विगतमा पूर्वी एशियाली टोलीहरू यो छनोटमा सहभागी हुन्नथे भने एशियाबाट दुइटा टोली विश्वकप खेल्न छानिन्थे। अहिले पूर्वी एशिया र एशियाका टोलीलाई एकै ठाउँमा मिसाएर नौ टोलीबीच प्रतिस्पर्धा गराइएको छ।

अब तीन टोली विश्वकपका लागि छनोट हुने छन्। यसबाट नेपाललाई फाइदा पुग्ने देखिन्छ। किनकि विगतमा सेमिफाइनलभन्दा माथि बढ्न नपाउने अवस्था उत्पन्न हुँदा टोलीले एशिया छनोटबाट बाहिरिनुपर्ने हुन्थ्यो।

सन् २०२२ को छनोट प्रतियोगितामा सेमिफाइनलमा यूएईसँग पराजित भएर नेपालले विश्वकपमा पुग्ने अवसर गुमाएको थियो। सन् २०२४ को विश्वकपको छनोटमा यूएईल पनि मूलपानीको मैदानमा त्यस्तै अवस्था भोग्नुपरेको थियो।

तीन समूहमा प्रतिस्पर्धा

ओमानको अल अमेरात क्रिकेट मैदानमा १० दिनसम्म चल्ने प्रतिस्पर्धामा सहभागी राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ।

समूह 'ए' मा मलेशिया, कतार र युएई छन् भने समूह 'बी' मा नेपाल, कुवेत र जापान अनि समूह 'सी' मा ओमान, सामोआ र पपुवा न्यूगिनी छन्।

प्रत्येक समूहबाट दुई-दुईवटा टोली अघिल्लो चरणमा पुग्ने छन्। 'सूपर सिक्स'मा भने समूह चरणमा खेलिसकेका टोलीहरूबीच फेरि प्रतिस्पर्धा हुँदैन।

त्यहाँ 'सूपर सिक्स'बाट शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि छानिने छन्।

नेपालको तयारी

नेपालले यसपालि विश्वकप छनोटको लागि बलियो तयारी गरेको देखिएको छ। खेलाडीहरूले पनि प्रभावकारी प्रदर्शन गरेका छन्। परिणाम पनि सुखद देखिँदै आएको छ।

नेपालले ओमानको मैदानमा आयोजित दुई अभ्यास खेलमा ओमान र कतारलाई सहजै पराजित गर्न सक्यो। त्यसअघि यूएईमा वेस्ट इन्डिजसँग खेलेको पहिलो द्विपक्षीय टी-२० शृङ्खला जित्न सफल भयो। त्यो जितले टोलीका सदस्यहरूको आत्मबल ह्वात्तै बढाइएदिएको छ।

नेपाल क्रिकेट सङ्घ क्यानले गरेको लामो तयारीका कारण यस्तो प्रतिफल निस्किएको ठानिन्छ। गत एप्रिलमा नेपालले हङ्‌कङमा गएर चारदेशीय शृङ्खला खेल्यो। स्कटल्यान्डमा विश्वकप लीग-२ को खेल सकिएपछि स्कटल्यान्ड र आयरल्यान्डसँग टी २० शृङ्खला खेल्यो।

गत भदौ महिनामा भएको अस्ट्रेलियाको भ्रमण पनि खेलाडीहरूका लागि निकै फलदायी देखियो।

त्यहाँ खेलाडीहरूले खेलेको टप एन्ड टी–२० शृङ्खलामा अस्ट्रेलियाको बिग ब्याश लीगका अक्याडमी टोलीहरू सम्मिलित थिए भने नेपालले पाकिस्तान 'ए' सँग पनि खेल्ने मौका पाएको थियो।

यी सबै तयारी र अनुभवबाट खारिएको नेपाली टोलीले अब नतिजा दिने बेला आइसकेको छ। त्यसको आरम्भ कुवेतसँग हुने खेलबाट हुने छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending